Google
Free Image Hosting

Tuesday, April 29, 2008

राजतन्त्र जोगाउन सशस्त्र संघर्षको चेतावनी

आफ्नोन्यूज,बैशाख १८ गते बुधवार

काठमाडौ । नेपाल र भारतका कट्टर हिन्दूवादीले राजतन्त्र जोगाउन सशस्त्र संघर्षको चेतावनी दिएका छन् । भारतको उत्तरप्रदेशमा १७ वैशाखमा सम्पन्न सम्मेलनपछि विश्व हिन्दु परिषदले उक्त चेतावनी दिएको हो ।

राजतन्त्र हटाए आफूहरुलाई मान्य नहुने भन्दै उनीहरुले सशस्त्र संघर्षको तयारी भइरहेको जनाएका छन् । परिषदका अध्यक्षमा छानिएका नेपाली सेनाका पूर्व कर्णेल हेमबहादुर कार्की र निवर्तमान अध्यक्ष एवं पूर्व शाही पाश्ववर्ती भरतकेशर सिंहले सशस्त्र संघर्षको नेतृत्व गर्ने जनाइएको छ । उनीहरुलाई भारतीय जनता पार्टीका सांसद आदित्यनाथले समेत आन्दोलनमा सघाउने जनाइएको छ ।

संविधानसभाको पहिलो बैठकले राजतन्त्र हट्ने निश्चितप्राय हुंदा हिन्दुवादीहरुको पछिल्लो अभिव्यक्ति आएको हो ।

प्रचण्ड र मार्टिनबीच भेटवार्ता

आफ्नोन्यूज,बैशाख १८ गते बुधवार

काठमाडौ । नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेपालमा रहेको राष्ट्रसंघीय मिसन अनमिन प्रमुख यान मार्टिनविच भेटवार्ता भएको छ । बिहान प्रचण्ड निवास नयाँ बजारमा भएको भेटवार्तामा अब बन्ने नयाँ सरकार, त्यसको स्वरुप र सेना समायोजनका विषयमा छलफल भएको छ ।

त्यस्तै नेपालको शान्ति प्रक्रिया र अबको राष्ट्रसंघको भूमिकाका विषयमा पनि छलफल भएको माओवादी स्रोतले जनाएको छ । प्रचण्ड सँगको भेटमा अनमिन प्रमुख मार्टिनले सेना समायोजनका विषयमा विषे चासो राख्नु भएको बुझिएको छ

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नेपालमा अब राष्ट्रसंघको भूमिका आबश्यक नरहेको बताउनु भएपछि त्यो विषयमा पनि छलफल भएको छ । भेटवार्ता विहान सवा ७ बजे देखि आधाघण्टा सम्म चलेको थियो ।

५ देशका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाउँदै

आफ्नोन्यूज,बैशाख १८ गते बुधवार

काठमाडौ । नेपालका लागीभारतसहित विभिन्न् देशका नवनियूक्त राजदुतहरुले आज प्रधानमन्त्री समक्षा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दैछन् । राष्ट्रअध्यक्षका हैसितले भारतीय राजदुत राकेश शुद, लगायत ५ ओटा देशका राजदुतले आज प्रधानन्त्रीलाई आहोदाको प्रमाणपत्र पेश गर्न लागेका हुन् । ओहोदाको प्रमाणपत्र बुझाउने अन्य राजदुतहरुमा चेक गणतन्त्र, अफगानस्थान, आयरल्याण्डका राजदुत रहेका छन् । नवनियूक्तराजदुतले राजालाई आहोदाको प्रमाणपत्र बुझाउने गरेकामा लोकतान्त्रीक आन्दोलनपछिको प्रतिनिधि सभाले अधिकार कटौति गरेपछि राष्ट्राध्यक्षका रुपमा प्रधानमन्त्रीलाई बुझाउन लागीएको हो ।

आज दिउसो ४ बजे ति राजदुतहरुले सयूक्तरुपमा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारको स्टेटहलमा आहोदाको प्रमाणपत्र बुझाउने छन् । यसैविच प्रधानमन्त्री कोइराला सँग नेपालका लागी प्रान्सका राजदुतले अहिले केहिवेरमा भेटवार्ता गर्दैहुनुहुन्छ ।

Monday, April 21, 2008

समानुपातिक पनि अन्तिम चरणमा

१० बैशाख २०६५

दुई सय चालिस सीटका लागि भएको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा आएपनि ३३५ सीटका लागि भएको समानुपातिकतर्फको सम्पूर्ण नतिजा आउन अझै केही दिन लाग्नेछ ।
चैत २८ गते सम्पन्न संविधानसभा चुनावको प्रत्यक्षतर्फको नतिजा प्राप्त भए पनि समानुपातिकतर्फको मतगणना जारी छ । २ सय ४० स्थानका लागि भएको प्रत्यक्ष चुनावमा माओवादीले १२०, नेपाली कांग्रेसले ३७, एमालेले ३३, मधेशी जनअधिकार फोरमले ३० र तराई मधेश लोकतान्त्रिक पार्टीले ९ स्थान ल्याएका छन् । यसैगरी, सदभावना महतो पक्षले ४, नेपाल मजदुर किसान पार्टीले २, जनमोर्चाले २, राष्ट्रिय जनमोर्चाले १ र स्वतन्त्र उमेदवारले १ स्थान जितेका छन् । अहिलेसम्मको मत गणना अनुसार, समानुपातिकतर्फ पनि प्रत्यक्ष जस्तै माओवादी पहिलो, नेपाली कांग्रेस दोश्रो, एमाले तेश्रो, फोरम चौथो र तराई मधेश लोकतान्त्रिक पार्टी पाँचौ स्थानमा छन् ।

समानुपातिकतर्फको मतगणनाको पछिल्लो स्थिति यस्तो छ ।

माओवादीः ३० लाख १९ हजार ४२६ नेपाली कांग्रेसः २१ लाख ४० हजार १२४ एमालेः २० लाख ५६ हजार १८५ फोरमः ५ लाख ८१ हजार २४८ तमलोपाः २ लाख ८२ हजार ९९७ राप्रपाः २ लाख ४८ हजार ६२४नेकपा मालेः २ लाख ३१ हजार ९२१सदभावनाः १ लाख ५५ हजार २४२जनमोर्चाः १ लाख ५० हजार २२३ संय’क्तः १ लाख ४५ हजार ९८७ राप्रपा नेपालः १ लाख ३ हजार

'संयुक्त सरकार नै बन्नु पर्छ'

९ बैशाख २०६५
अब बन्ने सरकार पनि संयुक्त सरकार नै हुने तथा सहकार्यको मान्यताभन्दा कुनै दल दायाँ बायाँ लाग्न नपाउने माओवादी अध्यक्ष प्रचण्डले बताएका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले अब बन्ने सरकार पनि संयुक्त सरकारको मान्यता अनुसार अघि बढ्ने तथा कुनै दलले सहकार्यको मान्यताभन्दा दायाँ/बायाँ गर्न नमिल्ने बताएका छन् । नबिल बैंक र फ्रेन्डस अफ बागमतीले राजधानीमा उपत्यकाका तीन जिल्लाबाट चुनाव जितेका संविधानसभासदहरुको स्वागतमा बैशाख ९ गते आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले जनताले माओवादीलाई ठूलो तथा अन्य दललाई पनि सानो भारी बोकाएको दावी गरे । प्रचण्डले दुई चार सीट बढी जित्दैमा कुनै दलले हौसिन नहुने तथा दुई चार सीट कम जित्दैमा कुनै दल आत्तिन नहुने पनि उल्लेख गरे ।


कार्यक्रमका प्रमूख वक्ता प्रचण्डले शान्तिप्रक्रियाको सबैभन्दा संवेदनशिल प्रश्न सेना समायोजन भएको तथा अब बन्ने सरकारले सेना समायोजन सम्पन्न गर्ने बताए । शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्‍याएर नेपाली जनताले बिश्वलाई नयाँ सन्देश दिने पनि कार्यक्रममा प्रचण्डले दावी गरे । अबको काम राजतन्त्र र त्यसको अवशेषको अन्त्य हुने पनि कार्यक्रममा प्रचण्डको भनाइ थियो ।

Monday, April 14, 2008

माओवादी १ सय १६ स्थानमा विजयी

afnonews,April-15
संविधान सभा निर्वाचनको २ सय १२ स्थानको घोषित परिणाममा माओवादीले १ सय १६ स्थानमा विजय हासिल गरेको छ ।
अन्य दलभन्दा माओवादी निकै अगाडि छ । समानुपातिकतर्फ पनि माओवादी अग्रता कायमै छ ।
नेपाली कांग्रेसले ३३ स्थानमा विजय हासिल गरेको छ । एमालेले ३० स्थानमा जीन हात पारेको छ ।
मधेशी जनअधिकार फोरमले २१, तर्राई मधेश लोकतान्त्रिक पार्टीले ७, नेमकिपाले २, सदभावना महतो पक्षले २, जनमोर्चाले १ र स्वतन्त्र उम्मेदवारले १ स्थानमा जीत हासिल गरेका छन् ।
७ स्थानको मतगणना भइरहेको छ भने २१ स्थानमा चुनाव रद्य भएका छन् ।

Wednesday, April 9, 2008

संविधानसभाको ताजा विवरणका लागि हाम्रो अनलाइन समाचार
www.afnonews.com हेर्नुहोला ।

मतदानमा मधेशको उत्साह

आफ्नोन्यूज, चैत २८ गते विहीवार

जनकपुर । केही मतदान केन्द्रमा चुनाव स्थगित भएपनि तर्राईका अधिकांश मतदान केन्द्रहरुमा बिहानैदेखि ठूलो संख्यामा मतदाताहरुको उपस्थिती देखिएको छ । 
चुनाव अधिकारीहरुको भनाईमा ११ बजेसम्ममा धनुषाका अधिकांश केन्द्रमा ४० प्रतिशत भन्दा बढि मतदान भएको छ ।
यसबीच सिरहा, र्सलाही र महोत्तरी जिल्लाको केही मतदान केन्द्रमा असहज परिस्थिति उत्पन्न भएपछि मतदान स्थगित गरिएको छ ।
महोत्तरी जिल्लाको सुगाभवानीपट्टी र बनौली दनौली गाविसमा रहेको मतदान केन्द्रमा दलहरुवीच बिवाद र झडप पछि मतदान स्थगित भएको छ ।
बनौली मतदान केन्द्रमा कांग्रेस, तमलोपा र एमाले कार्यकर्तावीच झडप भएपछि कांग्रेस कार्यकर्ताले नजिकैको पोखरीमा मतपेटिका फालिदिएका थिए । त्यस्तै सुगामा एमाले कांग्रेस कार्यकर्तावीच झडप भएपछि मतदान स्थगित गरिएको हो ।
र्सलाही जिल्लाको बलरा गाविस १,२,३ वडाको मतदान स्थगित गरिएको छ । कांग्रस उम्मेदवार अमरेशनारायण सिंहका र्समर्थकले बुथ लुटन खाजेपछि मतदान स्थगित गरीएको निर्वाचन कार्यालय स्रोतले जनाएको छ ।
यता नेपाली कांग्रेसको तर्फाट धनुषा क्षेत्र नं ४ की उम्मेदवार लिला कोइराला चढेको गाडीलाइ लक्षित गरि आज अज्ञात समूहले गोली प्रहार गरेको छ । जनकपुर नगरपालिकाको पगलावावा धर्मशाला वहांको गाडिमाथी गोलि प्रहार भएको थियो । गोली गाडीमा नलागेकोले घटनामा कुनै क्षति भएन ।
उता रौतहटमा नेकपा माओबादीका उम्मेदवार प्रभु साह र्समर्थक र प्रहरीवीच प्रेमपुर गोनाही मतदान केन्द्रमा झडप भएको छ । साहमाथि बुथ कब्जा गर्न खोजेको आरोप छ । रौतहटमै तमलोपाका उम्मेदवार राजदेव चौधरीकी पत्नि हेमन्तीदेवीमाथि अज्ञात समुहले गोली प्रहार गरेको छ ।
रौतहटमै नेकपा एमालेका उम्मेदवार डा.वंशीधर मिश्र चढेको गाडीलाइ लक्षित गरि बिद्युतिय धराप थापेपनि संयोगले उहा जोगिनुभएको छ ।
उम्मेदवारको गाडिको ठक्करबाट एकको मृत्यू
महोत्तरीको क्षेत्र नं ३ मा नेपाली कांग्रेसको तर्फाट उम्मेदवार बनेका रामचन्द्र तिवारीको गाडीको ठक्करवाट एकजनाको मृत्यु भएको छ । जिल्लाको पर्सर्ाातैली गाविस मतदान केन्द्रमा अज्ञात समूहले गोली प्रहार गरेपछि भएको भागदौडमा तिवारीको गाडीले ठक्कर दिदा सो गाविस वडा नं २ का प्रद्युम्न कापरको मृत्यु भएको हो । त्यसअघि कांग्रेस र तमलोपाका कार्यकर्तावीच झडप हुदा अनीता शर्मा घाइते भएकी छिन ।

सुरक्षा सुदृढ गर्न प्रधानमन्त्रीको निर्देशन

आफ्नोन्यूज, चैत २७ गते बुधबार

काठमाडौ । संविधान सभाको चुनावको पूर्वसन्ध्यामा देशका विभिन्न स्थानमा झडप र हत्याका घटना हुनथालेपछि सुरक्षाअवस्था प्रति सरकार गम्भीर भएको छ । २७ चैतको विहानै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सुरक्षा निकायका चारै जना प्रमुख र सुरक्षाअधिकारीहरु बोलाई छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सुर्खेतमा एमाले उम्मेदवार र दाङमा वाइसिएल कार्यकर्ताको हत्या भएपछि उत्पन्न परिस्थितिबारे जानकारी लिएका थिए । उनले तत्काल सुरक्षा सुदृढ गरी चुनावलाई हिंसारहित बनाउन निर्देशन दिएको स्रोतले बतायो । स्रोतका अनुसार प्रधानमन्त्रीले सेनालाई उच्च शर्तकमा रहन भनेका छन् । उनले आवश्यक परे सेना परिचालन सम्म गर्न सकिने संकेत दिएको बुझिएको छ ।
छलफलमा प्रधानमन्त्री कोइरालासहित प्रधानसेनापति रुक्माङ्गत कटवाल, नेपाल प्रहरीका महानीरिक्षक ओमविक्रम राणा, सशस्त्र प्रहरी महानीरिक्षक वासुदेव ओली, राष्ट्रिय अनुसन्धानका प्रमुख धनसिंह कार्की, गृहसचिव उमेशप्रसाद मैनाली सहभागी थिए ।

चुनावमा भाग लिन राजा ज्ञानेन्द्रको आह्वान

आफ्नोन्यूज, चैत २७ गते बुधबार

काठमाडौ । राजा ज्ञानन्द्रले सबै मतदाताहरुलाई संविधान सभामा भोट हाल्न आहृवान गरेका छन् ।
आज एक वक्तव्य निकाली राजा ज्ञानेन्द्रले प्रजातान्त्रिक हकको सुनिश्चताको लागि सबै बालिक मतदातालाई भोट हाल्न आहृवान गरेका हुन् ।
वक्तव्यमा कुनैपनि पस्थितिमा राष्ट्रको अस्तित्व, स्वतन्त्रता र अखण्डमा आँच नआओस् भनिएको छ ।
त्यस्तै र्सार्वभौम जनताको निर्णय बमोजिम प्रंजातान्त्रिक पद्धतिको माध्यमद्वारा राष्ट्रको सम्मुनति होस् भन्ने आफ्नो एकमात्र चाहना रहेको पनि वक्तव्यमा उल्लेख गरिएको छ ।
भोलि हुने संविधान सभाको चुनावमा परस्पर सद्भाव एकता कायम राख्दै स्वच्छ, निष्पक्ष धाँधलीरहति एवं भयमुक्त वातावरणमा आफ्नो प्रजातान्त्रिक हकको प्रयोग गर्न पनि राजा ज्ञानेन्द्रले आहृवान गरेका छन् ।
राजा ज्ञानेन्द्रले श्री ५ कै हैसियतमा वक्तव्य जारी गरेका हुन् ।

राजा ज्ञानेन्द्रको सन्देशको पूर्ण पाठ

श्री ५ महाराजाधिराज ज्ञँनेन्द्र वीर विक्रम शाहदेवबाट
संविधान सभाको निर्वाचनको पूर्व सन्ध्यामा
२०६४ साल चैत २८ गते देशवासीका
नाममा बक्सेको सन्देश

प्यारा देशवासीहरु,
१. कूनैपनि परिस्थितिमा राष्ट्रको अस्तित्व, स्वतन्त्रता र अखण्डतामा आंच नआवस एवं सार्वभौम जनताको निर्णय बमोजिम प्रजातान्त्रिक पद्धतिको माध्यमबाट राष्ट्रको समून्नति होस् भन्ने हाम्रो एक मात्र चाहना रहि आएको छ ।
२. यहि चैत २८ गते हून गइरहेको संविधान सभाको निर्वाचनमा परस्पर सद्भाव र एकता कायम राख्दै स्वच्छ, निष्पक्ष, धांधली रहित एवं भयमूक्त वातावरणमा आफ्नो प्रजातान्त्रिक हकको प्रयोगमा सहभागि हून हामी सम्पूर्ण बालिग नागरिकहरुलाई आव्हान गर्दछौं ।
श्री पशूपतिनाथले हामी सबैको कल्याण गरुन् ।
जय नेपाल !

Tuesday, April 8, 2008

सुर्खेतमा चुनाव स्थगित

आफ्नोन्यूज, चैत २७ गते बुधबार

बिरेन्द्रनगर । सुर्खेतमा नेकपा एमालेका उम्मेद्वार ऋषिप्रसाद शर्माको हत्या भएपछि सुर्खेत क्षेत्रनम्बर १ को चुनाव स्थगित भएको छ ।
एमाले उम्मेद्वार शर्माको हत्यापछि स्थिति तनावपर्ण बनेपछि स्थानीय प्रशासनले गएरातिदेखि नै अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।
हिजो एमाले उम्मेद्वार शर्मा चढेको जीप माथी सुर्खेतको छिन्चुबाट महेलाकुना जाँदै गर्दा ढुङ्गा मुडा हानिएको थियो । त्यसलगतै उम्मेद्वार शर्मालाई वाहिर ल्याएरु गोली हानिएको थियो ।
अहिले पनि प्रशासनले माइकिङ गरेर कसैलाई घरबाहिर ननिस्कन अनुरोध गरिरहेको छ ।
सुरक्षाकर्मी पनि वीरेन्द्रनगर बजारमा ठूलो मात्रामा परिचालन गरिएको सहकर्मि तिला भण्डारीले जनाएकि छिन् । । एमालेले कार्यकर्ताहरुले कर्फ्र्यु उल्लंघन गर्दै अहिले प्रदर्शन गरिरहेका छन् ।
एमाले कार्यकर्ताको प्रदर्शनका कारण अहिले सुर्खेतको विरेन्द्रनगर र घटनास्थल छिन्चु क्षेत्र तनावग्रस्त रहेको छ ।

दाङमा मर्ने माओवादीको संख्या ७ पुग्यो

आफ्नोन्यूज, चैत २७ गते बुधबार

नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय दाङले हिजो राति साढे १० बजेदेखि लगाएको कफर्यू अहिले बिहान ७ बजे हटाएको छ ।
दाङको चैलाही र सतबरिया गाविसमा अनिश्चितकालीन लगाएको कर्फ्यु बिहान प्रशासनले हटाएको सूचना जारी गरेको हो ।
यसैबीच, दाङमा गोली लागी घाइते भएकामध्ये थप २ माओवादी कार्यकर्ताको मृत्यु भएको छ । यो सँगै मर्नेको संख्या सात पुगेको छ ।
नेपालगञ्जमा उपचार भइरहेका एक र बुटवलमा उपचार भइरहेका एक माओवादी कार्यकर्ताको आज बिहान मृत्यु भएको माओवादीले जनाएको छ ।
मृत्यु हुनेमा बुटवल चेतबहादुर बुढा र कोहलपुरमा प्रकाश जीएम रहेको माओवादी जिल्ला सदस्य विश्वराज आचार्यले बताउनुभयो ।
हिजो राति देउखुरीको लमहीमा सशस्त्र प्रहरीको गोलीले पाँच माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा दाङ राजपुर गाविसका मीनबहादुर पुन, सौडियार गाविस जबरपुरका शीतल चौधरी, जीवलाल चौधरी, सैलाहीका लबरु चौधरी र राजपुरका पुनजङ्ग सिंह रहेका छन् । घटनामा २० माओवादी घाइते भएका छन् ।
घाइतेहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा सामान्य उपचार गरी नेपालगञ्ज र भैरहवा पुर्‍याइएको छ ।
हिजो राति पौने ७ बजे देउखुरी सतबरियाबाट लमहीतर्फजाँदै गरेको माओवादी कार्यकर्ता चढेको गाडीमा पूर्वबाट गाडीमा आइरहेको सशस्त्र प्रहरीले गोली चलाएको थियो ।
घटना हुनुभन्दा केही समयअघि देउखुरीको सतबरिया गाविसमा नेपाली काङ्ग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको थियो ।
झडप भएलगत्तै नेपाली काङ्ग्रेस क्षेत्र नं. १ का उम्मेदवार खुमबहादुर खड्का इलाका प्रहरी कार्यालय लमहीमा पुगी सदरमुकाम घोराही आउनुभएको थियो ।
त्यसपछि झडप भएको ठाउँतिर जाँदै गरेको सशस्त्र प्रहरी टोलीले सतबरियाबाट गाडीमा र्फकँदै गरेका माओवादी कार्यकर्तामाथि गोली चलाएको हाम्रा सहकर्मिले जनाएका छन् ।
माओवादीले आज दिउँसो १ बजे लमहीबाट विरोध प्रदर्शन सहित शवयात्रा गर्ने भएको छ ।

ताजा खबर ! ताजा खबर !!

आफ्नोन्यूज, चैत २७ गते बुधबार

सुर्खेतमा एमाले उमेदवार ऋषि प्रसाद शर्माको गोली प्रहारबाट मृत्यु भएको छ । स्थितिलाई नियण्त्रण गर्न प्रशासनले अहिले कर्फयु आदेश जारी गरेको छ ।

प्रधानमन्त्री भोट हाल्न बिराटनगर जादै

आफ्नोन्यूज, चैत २७ गते बुधबार

काठमाडौ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला संविधान सभा चुनावका लागी भोट हाल्न आज गृहनगर बिराटनगर जादैहुनुहुन्छ ।
सामानुपातिकका लागी काठमाण्डौमा नै मतदान गर्ने पाउने भएपनि प्रत्यक्षसिटमा मतदान गर्न प्रधानमन्त्री कोइराला आज बिराटनगर जान लाग्नु भएको हो ।
उहाँले बिराटनगरको आदर्श उच्च माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्ने हाम्रा विराटनगर सहकर्मिले जनाएका छन् ।
प्रधानमन्त्री कोइराला दिउसो २ बजे जाने कार्यक्रम रहेको छ ।
नेकपा एमालेका महासचिव माधवकुमार नेपालले काठमाण्डौको क्षेत्रनम्बर २ को काटेश्वरबाट मतदान गर्ने र क्षेत्रनम्बर १ रौतहटमा पनि जाने एमालले जनाएको छ ।
तर नेकपा माओवादीका अध्यक्ष प्रचण्ड भने काठमाण्डौको क्षेत्रनम्बर १० र रोल्पाको २ मा उम्मेद्वार हुनुभएकाले आफ्नो मतदाता नामावली भएको चितवनमा जाने नजाने अन्यौल रहेको उहाँ निकट स्रोतले जनाएको छ ।
उहाँले आफू उम्मेद्वार भएको क्षेत्रमा भने मतदाता नामावली नभएकाले भोटहाल्न पाउनुहुने छैन ।
त्यस्तै राजा ज्ञानेन्द्र र राजपरिवारका सदस्यले मतदाता नामावलीमा नाम नभएकाले भोट हाल्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।

Saturday, April 5, 2008

राजधानीमा बम आतंक

आफ्नोन्यूज, चैत २४ गते आइतबार

काठमाडौ । राजधानीमा बम आतंक मच्चाउने गिरोह सक्रिय भएको छ । विगत २४ घण्टामा विभिन्न स्थानमा गरी आधा दर्जन बम बिष्फोट गराइएको छ ।
२३ चैतमा राजधानीको त्रिपुरेश्वरमा बम विष्फोट भएको छ । खानेपानी संस्थान र नेपाली सेनाको क्षेत्रभित्र एकैपटक सकेट बम बिष्फोट भएको हो । घटनाको जिम्मेवारी कसैले लिएको छैन । यसअघि पुल्चोकस्थित स्थानीय विकास मन्त्रालय छेउ हिजो शृंखलावद्ध बम बिष्फोट गराइएको थियो ।
चुनावविरुद्ध लक्षित ठानिएको बम बिष्फोटको जिम्मेवारी कसैले लिएको छैन । प्रहरीले सुरक्षा अवस्था सुदृढ गरेको जनाएको छ ।

षड्यन्त्र गरिए दश सेकेण्डमै सत्ता कब्जा- डा भट्टराई

आफ्नोन्यूज, चैत २४ गते आइतबार

पोखरा । संविधान सभामा माओवादीको बहुमत आउने दावी गर्दै नेकपा माओवादीका बरिष्ट नेता डा बावुराम भट्टर्राईले माओवादीलाई षडयन्त्र गरी हराए मतगणनाको दश सेकेण्डमै जनताले सत्ता कब्जा गर्ने चेतावनी दिनुभएको छ । 'माओवादीलाई षडयन्त्र गरि हराए जनताले सत्ता कब्जा गर्ने छन् ।' डा भट्टराईले शनिबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भन्नुभयो-'माओवादीलाई हराए नयाँ नेपालको निर्माण हुन सक्दैन, जनताले चाहेको गणतन्त्र पनि आउँदैन ।'

उहाँले जनताको अभिमतलाई राजनीतिक दलले दुरुपयोग गरेको अवस्थामा जनताले शासन सत्ता पल्टाउने जानकारी दिनुभयो । डा भट्टर्राईले सम्पूर्ण कम्युनिष्टहरु एक हुनुपर्ने जिकिर गरेपनि एमालेको चरित्रको कारण बाम एकता सम्भव नभएको स्पष्ट पार्नुभयो । उहाँले सच्चा बामपन्थी को हो फैसला बेला आएको छ भन्दै तालमेल हुन नसकेकोप्रति रुष्ट हुदैं बाम ध्रुविकरण गर्न ढिला गर्न नहुने बताउनुभयो । डा भट्टराईले ऐतिहासिक संविधान सभा हुन केवल चारदिनमात्रै बाँकी रहेको अवस्थामा जनतालाई नसुत्न आग्रह समेत गर्नुभयो । 'जनताले लेख्ने संविधान सभाको चुनाव नजिकएको छ, सुत्नु हुदैन कुरेरै बस्नुपर्छ ।' उहाँले भन्नुभयो । उहाँले मुल मुद्धाको रुपमा रहेको सेना समायोजन प्रक्रियामा काँग्रेस र एमालले चासो नदिएको आरोप लगाउनुभयो । 'विद्यमान दुइ सेनाको समस्या हल गर्नुपर्छ ।' सेनाको पुनसरंचना नभए विद्रोह हुन सक्छ ।' उहाँले भन्नुभयो ।अत्याधुनिक हतियार लिएर क्याण्टोनमेनमा बसेका जनमुक्ति सेनाको बारेमा नबोल्नुले युद्ध निम्त्याउने संकेत हो भन्दै डा भट्टराईले संविधान सभा भएको भोलिपल्ट युद्ध चाहनेकी दिगो शान्ति त्यसको फैसला गर्ने बेला आएको बताउनुभयो । 'अब पनि देश युद्धमा गयो भने दशवर्षहोइन २० औं वर्षम्म चर्कन सक्छ ।' उहाँले भन्नुभयो ।

माओवादी अध्यक्ष प्रचण्डलाई राष्ट्रपतिको रुपमा ल्याउनु व्यक्तिवादी चरित्र नभएको खुलासा गर्दै मत गणनापछि राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना हुदाँ राष्ट्र हाँक्नको लागि योग्य व्यक्ति छानेको जिकिर गरे ।कार्यक्रममा स्थानीय विकास मन्त्री तथा कास्की क्षेत्र न. १ का उम्मेदवार देवप्रसाद गुरुङले सामन्तवादको कारण मुलुक विदेशीको उपनिवेश भएको बताउँदै चुनावमा फेरपनि सामन्तवादी शक्तिलाई जिताए विदेशीको चंगुलमा फस्ने जिकिर गर्नुभयो । उहाँले नयाँ नेपाल निर्माण गर्ने जिम्मेवारी नयाँ शक्तिको काँधमा आएको दावी गर्दै जनतालाई शरणार्थी बनाउनेलाई परास्त गर्नुपर्ने बेला आएको बताउनुभयो ।

स्वस्थ प्रतिस्पर्धा मात्रै लोकतन्त्रको मूल सिद्धान्त -सुजाता कोइराला

आफ्नोन्यूज, चैत २४ गते आइतबार

इटहरी । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा विना विभागीय मन्त्री सुजाता कोइरालाले संधिवानसभा निर्वाचनले सबै जातजाति, उत्पीडित समुदाय र महिलाको आत्मसम्मानको प्रत्याभूति गरी अधिकारसम्पन्न नागरिकको दर्जा प्रदान गर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस, क्षेत्रीय समितिद्वारा सुनसरी जिल्लाको रामनगर भुटाहा गाविसमा आज आयोजित चुनावीसभामा उहाँले जनतालाई मताधिकार गर्नबाट वञ्चित गराउन खोज्ने जो कोहीलाई पनि नागरिक समाजले प्रतिकार गर्नुपर्ने आवश्यक्यता औँल्याउनुभयो । राजनीतिक दलहरूको निर्वाचन प्रचारप्रसारका क्रममा केही समूहद्वारा अवरोध पुर्‍याउने गरेको घटनाको आलोचना गर्नुहुँदै मन्त्री कोइरालाले स्वस्थ प्रतिस्पर्धा मात्रै लोकतन्त्रको मूल सिद्धान्त भएको उल्लेख गर्नुभयो । नेपाली काङ्ग्रेस सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं. ५ का सभापति ताहिर अन्सारीको सभापतित्वमा भएको सो सभामा मुस्लिम नेता गफ्फार मियाँलगायतले बोल्नुभएको थियो ।

Wednesday, April 2, 2008

चार हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने

आफ्नोन्यूज, चैत २० गते बुधबार

भद्रपुर । आसन्न संविधानसभा निर्वाचन शान्तिपुर्ण ढङ्गले सम्पन्न गर्नका लागि झापा जिल्लामा चार हजारको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।सो अनुसार, नेपाल प्रहरी १ हजार ३११ र म्यादी प्रहरी एक हजार ५२९गरी नेपाल प्रहरीको तर्फबाट दुई हजार ८४० जना परिचालन गरिनेछ । त्यसैगरी, सशस्त्र प्रहरीका ५४० र सशस्त्रतर्फो म्यादी १५५ गरी ६९५ जना परिचालन हुने बताइएको छ । जिल्लाको ७०८ वटा मतदान केन्द्रको सुरक्षाका लागि ती सुरक्षाकर्मी परिचालन गरिने छ ।प्रत्येक मतदान केन्द्रमा कम्तीमा छ सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी शङ्करप्रसाद कोइरालाले बताउनुभयो ।

पांच दिन बिदा

आफ्नोन्यूज, चैत २० गते बुधबार

काठमाडौ । संविधानसभा निर्वाचनका लागि सरकारले पांच दिन सार्वजनिक बिदा घोषणा गरेको छ । २० चैतमा बसेको मन्त्रिपरिषदको बैठकले २५-२९ चैतसम्म बिदा घोषणाको निर्णय गरेको हो ।
चुनावमा कर्मचारी, प्रहरीलाई खटाउनुपर्ने भएकाले सरकारले बिदा घोषणा गरेको हो । चुनावी प्रचारप्रसारलाई व्यापक बनाउन गृह मन्त्रालयले बिदा प्रस्ताव लगेकोमा मन्त्रिपरिषदले पारित गरेको हो । नेपालको इतिहासमै पहिलोपटक हुनलागेको चुनावलाई सबै मिलेर सफल बनाउन समेत सरकारले आग्रह गरेको छ ।

Tuesday, April 1, 2008

मन्त्रीपरिषदको वैठक बस्दै

आफ्नोन्यूज, चैत २० गते बुधबार

काठमाडौ । लामो समयपछि नेपाल सरकार मन्त्रीपरिषदको वैठक आज बस्दैछ ।
आज दिउसो बस्ने वैठकमा संविधान सभा चुनावका लागी सुरक्षा रणनिति बारे छलफल हुनेछ ।
सबैमन्त्रीहरु चुनावी प्रचारमा रहेका काराण लामो समयदेखि मन्त्रीपरिषदको वैठक बस्न सकेको थिएन ।
आजको वैठकमा भोली देखि विषेश सुरक्षा योजान लागुगर्ने र सुरक्षाका लागी सीमा गरिने निगरानी बढाउने विषयमा पनि छलफल हुनेछ । त्यस्तै संविधान सभा चुनावअघि विभिन्न ठाउँमा दलका कार्यकर्तावीच भइरहेका झडपबारे छलफल हुने र नागरीक समाजका प्रतिनिधिको संलग्नतामा छानवीन समिति गठन गरिने बुझीएको छ ।
आजको वैठकमा तराइका विभिन्न शसस्त्र समूहसँगको वार्ता र अबको सरकारी रणनीतिका विषयमा पनि छलफल हुने मन्त्रीपरिषद स्रोतले जानकारी दिएको छ ।
वैठक दिउसो ३ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने तय गरिएको छ ।

आयोगद्धारा निवेदन दिन आग्रह

आफ्नोन्यूज, चैत २० गते बुधबार

काठमाडौ । निर्वाचन आयोगले संविधान सभाको चुनावका लागी बन्दसूचिमा सूचिकृत भएका उम्मेद्वारलाई नाम फिर्ता लिन चाहेमा आज उम्मेद्वारी फिर्ताको निवेदन दिन आग्रह गरेको छ । आयोगले आज र भोली फिर्ता लिन चाहाने उम्मेद्वारीका लागी निवेदन दिन समय ताकेको हो ।
आज र भोली आफ्नो नाम फिर्ता लिन चाहाने उम्मेद्वारले निवेदन दिएपछि भोली सम्बन्धित दलहरुलाई जानकारी गराउने आयोगले जनाएको छ ।
आयोगले आजै अहिले सम्म नागरीकता नबुझाएका विभिन्न् दलका उम्मेद्वारलाई आफ्नो प्रमाणपत्र पेश गर्न पनि भनेको छ । अहिले सम्म बन्दसूचिका २ सय २७ जनाले नागरीकता बुझाएका छैनन् ।
आज ५ बजे सम्म नागरीकता नबुझाए उनीहरुको उम्मेद्वारी रद्द गरिने आयोगका प्रवक्ता लक्ष्मण भट्टराइले जानकारी दिनुभयो ।
कार्यतालीका अनुसार आयोगले पर्सि बन्दसूचिका सबै उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।

टेन्डरको कागजपत्रहरु चोरेको आरोपमा तीन पक्राउ

आफ्नोन्यूज, चैत १९ गते मंगलबार

तुलसीपुर । मध्यपश्चिम सडक डिभिजन कार्यालय दाङमा टेन्डरको कागज पत्रहरु चोरेको आरोपमा तीनलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेहरुमा त्रिनपा १० नयाँ बजार घोराहीका करिब २२ वर्षिय अर्जुन परियार, त्रिनपा- ८ डुमर गाउँका ३० वर्षिय नरेश दर्लामी र १९ वर्षिय अनिल गिरी रहेका छन । तुलसीपुरस्थित पातुखोलाको टेन्डरमा हिजो पाँच जनाले बोलपत्र दर्ता गराएकोमा चुमुल्का बनाई बोलपत्र खोल्ने बेलामा नकावधारी युवाहरुले कागजपत्र लुटेर लगेको सडक डिभिजन कार्यालय, दाङले जनाएको छ । सो घटना भएलगत्तै सशस्त्र प्रहरी र जनपथ प्रहरीको गस्ती टोलीले उनीहरुलाई घोराही बजारदेखि करिब चार किलोमिटर उत्तर जङ्गलबाट पक्रेर ल्याएको जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

संविधानसभा निर्वाचनमा कसैले पनि डर, धम्की दिनु नहुने

आफ्नोन्यूज, चैत १९ गते मंगलबार

मध्यपुर थिमी । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मतदान गर्ने अधिकार पाएका ब्यारेकभित्र रहेका नेपाली सेना र क्यान्टोन्मेन्टमा रहेको माओवादी सेनाका लडाकूलाई पनि निर्वाचनबारे जान्ने अवसर दिइनुपर्ने बताउनुभएको छ । नेमकिपा मध्यपुर थिमी नगर समितिद्वारा आज थिमिमा आयोजित चुनावी सभामा उहाँले प्रत्येक दलले आ-आफ्नो दलको घोषणापत्र तथा अवधारणा नेपाली सेना र माओवादी लडाकूलाई भन्न पाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । यसो हुँदा सेनाको ब्यारेक र क्यान्टोन्मेन्टमा बसेका लडाकूबाट खस्ने मत एकपक्षीय रुपमा नखसी आफूलाई घोषणापत्र मन परेको दललाई मतदान गर्नसक्ने बताउँदै उहाँले उनीहरूलाई दलहरुको घोषणापत्र र विचार जान्ने अधिकारबाट वञ्चित गर्न नहुने उल्लेख गर्नुभयो । सभामा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका अध्यक्ष गोविन्द दुवाल, नेपाल क्रान्तिकारी महिला सङ्घको अध्यक्ष अम्बिका न्याइचाई, नेमकिपाका भक्तपुर जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठलगायतले संविधानसभा निर्वाचनमा कसैले पनि डर, धम्की दिनु नहुने बताउनुभयो ।सभा नेमकिपा थिमी नगर अध्यक्ष विक्रम वैद्यको सभापतित्वमा भएको

काठमाण्डौंदेखि ढाकासम्मको सीधा बस सेवा संचालन गर्नुपर्ने

आफ्नोन्यूज, चैत १९ गते मंगलबार

पोखरा । नेपालका लागि बंगलादेश राजदूतबासका प्रथम सचिव मोहम्मद मन्जुर अजिजले पर्यटन प्रबर्द्धन गर्न काठमाण्डौंदेखि ढाकासम्मको सीधा बस सेवा संचालन गर्नुपर्ने बताउनुभएको छ ।र्'पर्यटन प्रवर्द्धन गर्न काठमाडौंदेखि ढाकासम्म सिधा बस सञ्चालन अनिवार्य छ ।' पोखरा उद्योग बाणिज्य संघले मंगलबार आयोजना गरेको नेपाल बंगलादेशबीचको ब्यापार ब्यवसाय बिकासको संभावना विषयक छलफल कार्यक्रममा उहाँले भन्नुभयो-'नियमित रुपम सञ्चालन गर्न सकिए पर्यटन आगमनमा उल्लेख्य बृद्धि हुने थियो । गतबर्ष५ लाख बंगलादेशीले भारतको र ३ लाखले युरोपको भ्रमण गरेका उल्लेख गर्दै उहाँले सिधा बस सेवा सञ्चालन भए नेपालमा वाषिर्क दुई लाख बंगलादेशी पर्यटक भित्रिने दावी समेत गर्नुभयो । गतवर्षपोखरा उद्योग बाणिज्य संघसँग भएको छलफलका क्रममा समेत काठमाण्डौ बंगलादेश सिधा बस सेवाको कुरा उठेपनि कार्यन्वयनको पहल नभएकोप्रति अजिजले गुनासो गर्नुभयो । बितेको अंग्रजी बर्षो जनवरीमा आठ सय बंगालादेशी पर्यटक नेपाल भित्रिएकोमा यो बर्षो सोही अवधिमा १ हजार ७ सय बंगलादेशी पर्यटक नेपाल भित्रिएको उहाँले जानकारी दिनुभयो । नेपाल र बंललादेशबीच हप्तामा ११ वटा उडान हुने गरेको छ । 'हवाईसँगै सिधा बस सेवा सञ्चालन भए बंगलादेशी पर्यटक बढ्छन् ।' उहाँले भन्नुभयो-'हवाई सेवा मात्रै भएकोले पनि बंगलादेशी पर्यटक नेपाल आउन नसकेका हुन् ।' बंगलादेशी पर्यटकहरु कम पैसा खर्च गर्ने स्वभावले पनि हवाई यात्रा गर्दै नेपाल आउन नसकेको उहाँले स्पष्ट पार्नुभयो । भारतीय पर्यटक पर््रवर्द्धन गर्न काठमाडौं र पोखराबाट दिल्लीसम्म सिधा बस सेवा सञ्चालन गरिएको छ । सिधा बस सेवा सञ्चालनले भारतीय पर्यटकहरुको आगमन पछिल्लो समयमा निकै उत्साहप्रद रहेका छ । गर्मीसिजन शुरुवातसँगै भारतीय पर्यटकको विशेष गरी पोखरा घुम्न आउने गरेका छन् । र् पर्यटनसँगै व्यापार व्यवसायको लागि नेपालदेखि बंगालसम्मको फूलबारी मार्गबाट दुबै देशले फाइदा लिन नसकिएकोमा दुखेसो पोख्दै उहाँले सो मार्गको समुचित उपयोगमा दुवैदेश विशेष चासो दिनुपर्नेमा जोडदिनुभयो । बंगलादेश नेपाललाई बंगलाबन्द सुख्खा बन्दरगाह उपयोग गर्न दिन तयार रहेपनि नेपालले कुनै पहल नगरेका उहाँको गुनासो थियो । फूलबारी मार्ग उपयोगमा देखिएको समस्या सुल्झाउन नेपाल र बंगलादेशले संयुक्त रुपमा भारतीय पक्षसँग कुरा गर्नुपर्ने खाँचो उहाँले औंल्याउनुभयो । छलफलमा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दीपक श्रेष्ठले पोखराका उद्यमी/ब्यवसायीहरु बंगलादेशसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले नेपालबाट बंगलादेशमा निर्यात गर्न सकिने बस्तु तथा सेवाकोबारे जानकारी लिँदै ब्यवसायमा सरलता आउनुपर्नेमा जोड दिनुभयो । बंगलादेशसँगको ब्यापार नबढ्नुमा यातायात सेवा बाधक रहेको स्वीकार गर्दै उहाँले यसतर्फदुबै देशको तर्फाट पहल गर्नुपर्ने बताउनुभयो ।

कार्टर नेपाल आउने

आफ्नोन्यूज, चैत १९ गते मंगलबार

काठमाडौ । संविधानसभा निर्वाचन पर्यवेक्षणका लागि अमेरिकाका भूतपूर्व राष्ट्रपति जिम्मी कार्टर आउने भएका छन् । १९ चैतमा कार्टर सेन्टरले विज्ञप्तिमार्फत् उनीसहित ६० भन्दा बढी विशिष्ट व्यक्ति आगामी साताको शुरुमै आउने जनाएको हो ।
२० राष्ट्रका ६० भन्दा बढी पर्यवेक्षण सदस्यमा कार्टरकी पत्नी रोसालिन, थाइल्याण्डका भूतपूर्व उपप्रधानमन्त्री डा.सुराकियात साथिरथाईलगायत समेत रहनेछन् । सेन्टरले चुनावलाई सफलताका साथ सम्पन्न गर्ने अभियानमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीलगायतका दलले चालेको पछिल्लो कदमको प्रशंशा गरेको छ ।

६६ उम्मेदवारको उमेर पुगेन

आफ्नोन्यूज, चैत १९ गते मंगलबार

काठमाडौ । निर्वाचन आयोगले ६६ उम्मेदवारको उमेर नपुगेको भन्दै तत्काल त्यसबारे प्रष्ट नपारे उम्मेदवारी रद्य गर्ने बताएको छ । १९ चैतमा आयोगले पत्रकार सम्मेलन गरी भोलिभित्र उमेर सच्याउन भनेको छ ।
समानुपातिकमा नाम भएका कतिपय उम्मेदवारले नागरिकताको प्रतिलिपि नबुझाएको भन्दै तत्काल प्रतिलिपि नबुझाए उम्मेदवारी रद्य गरिदिने चेतावनी दिएको छ ।
यसअघि आयोगले २२ उम्मेदवारको उमेर नपुगेको जनाएको थियो ।

Monday, March 31, 2008

तीन दलको दश बुंदे सहमती

आफ्नोन्यूज, चैत १९ गते मंगलबार

काठमाडौ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान भएको तिन दलको शिर्ष नेताको बैठकले १० बुंदे सहमती गरेको छ । बैठकले संविधानसभाको निर्वाचनका समयमा हुने सभामा कुनै प्रकारको हस्तक्षेप नगर्ने निर्णय गरेको हो । बैठकमा उपस्थित प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, एमाले महासचिव माधवकुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्डले सहमतीपत्रमा हस्ताक्षर गरेका छन् ।
बैठकले २०६४ चैत्र २८ गते सम्पन्न हुने संविधानसभाको निर्वाचनले नेपालमा युगान्तकारी परिवर्तन ल्याउनेछ र सांचो अर्थमा जनतालाई सम्प्रभु बनाउने कुरा उल्लेख छ । जनताको चाहना बमोजिम दिगो शान्ति बहाली गर्ने, लोकतन्त्रलाई संस्थागत गर्ने, मुलुकमा सम्बृद्धि प्राप्त गर्ने, र स्वतन्त्र स्वाभिमानी एवं शान्त र सम्मुनत राष्ट्रको रुपमा नयां नेपाल निमार्ण गर्ने अभियानको रुपमा यो निर्वाचन नेपाली जनताको महान उपलब्धिको रुपमा सावित हुनेछ । सहमतीपत्रमा दलको प्रचार प्रसारमा अवरोध नगर्ने, र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने, निर्वाचन वातावरणलाई उत्तेजित पार्ने खालका गतिविधि नगर्ने, मतदातालाई तर्साउने, धम्क्याउने र दवातव दिने कार्यक्रम नगर्ने, आफ्नो प्रभाव क्षेत्रको नाममा कसैलाई पनि अवरोध नगर्ने, निर्वाचन आचार स्रहितालाइ पूर्णरुपमा पालना गर्ने, कसैलेपनि हतियार बोकी प्रदर्शन नगर्ने र त्यस्ता कार्यमा संलग्न भएकालाइ कारवाहि गर्ने, निर्वाचनलाइ सहज बनाउन जिल्लामा उपस्थित राजनीतिक दलहरुको सर्वदलिय संयन्त्र निर्माण गर्ने, निर्वाचन विरोधी गतिविधिलाइ तत्काल जानकारी लिन जिल्ला प्रशाशन कार्यलयमा हटलाइनको व्यवस्था गर्ने, निर्वाचनको क्रममा भएका हत्या हिंसाको छनवीन गरी दोषीलाइ कार्वाहि गर्न सरकारले तदारुकताका साथ कार्यगर्ने, निर्वाचनलाई स्वच्छ, निश्पक्ष र धांधलीरहित वातावरणमा सम्पन्न गर्न केन्द्रमा नागरीक आन्दोलनका प्रतिनिधिहरु समेत समाबेश भएको प्रभावकारी अनुगमन समिति गठन गर्ने र २३ बुंदे लगायतका सबै सहमतीको कार्यन्वयन गर्न जोड दिने लगायतका सहमती भएका छन् ।
बैठकपछि एमाले नेता अमृत कुमार बोहराले अहिलेसम्म भएका घट्नाको छानवीनका लागि बोहरा डा. प्रकाशशरण महत र मोहन बैद्य किरण सम्मिलित टोली गठन गरीएको जानकारी दिनुभयो । टोलीले चुनावको अनुगमन र दोषीमाथि कार्वाहिको सिफारीश समेत गर्नेछ ।

दुर्घटनामा दुईको मृत्यु

आफ्नोन्यूज, चैत १९ गते मंगलबार

मोरङ । मोरङको बेलबारी-९ मा रहेको चिसाङ खोला नजिकै १८ चैतमा भएको सडक दुर्घटनामा घाइते भएका तीन जनामध्ये दुइ जनाको मृत्यु भएको छ । उनीहरुको गएराति उपचारका क्रममा भएको हो ।
दुवै जनाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गर्दागर्दै मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका एक बालकको उपचार भइरहेको छ ।
मृत्यु भएकामध्ये अमर गुरुङको सनाखत भएपनि अर्काको हुनसकेको छैन ।
ना १ ख ६५४० नम्वरको ट्रकले एकैपटक ना १ प ३६४६ नम्बरको मोटरसाइकल र एउटा साइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका थिए ।

एकिकृत कार्यालयमा आगो लगाइयो

आफ्नोन्यूज, चैत १९ गते मंगलबार

बनेपा । जनमोर्चाका कार्यकर्ताहरूले बनेपामा रहेको नेकपा एकिकृतको जिल्ला पार्टी कार्यालयमा आगो लगाइदिएका छन् ।१९ चैतको विहान ७ बजेतिर आगो लगाइदिएको स्थानीय बासिन्दाले जनाएका छन् ।
आगलागीबाट कार्यालयमा भएका सबै सामान जलेर नष्ट भएका छन् । हिजो बिहान काभ्रे जिल्लाको क्षेत्र नं. १ बाट जनमोर्चा नेपालका उमेद्वार कमानसिंह लामालाई नेकपा एकीकृतले खुकुरी हानेपछि प्रतिशोधको रुपमा आलागी गरिएको बुझिएको छ ।
हिजो नेकपा एकीकृतका कार्यकर्तासँग भएको झडपमा उम्मेद्वार लामासहित ५ जना जनमोर्चाका कार्यकर्ताहरू घाइते भएका थिए ।
यसैबीच नेकपा एकिकृत काभ्रे क्षेत्र नं- १ का उम्मेदवार कान्छाराम तामाङलाई जनमोर्चाका कार्यकताहरूले आफ्नी आमाको क्रिया बस्न नदिएको
एकिकृतले जनाएको छ ।
आमाको क्रिया गर्न काभ्रेको मादनकुँडारीमा रहेको घरमा गएको बेला उहाँलाई क्रिया बस्न नदिएको बताइएको छ ।

आयोगले अयोग्यलाइ सुचिबाट हटाउने

आफ्नोन्यूज, चैत १९ गते मंगलबार

काठमाडौ । निर्वाचन आयोगले मंगलबार समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत अयोग्य उम्मेदवारलाई बन्द सूचिबाट हटाउने भएको छ । संविधानसभा चुनावको कार्य तालीका अनुसार आयोगले उजुरीका आधारमा हिजोसम्म गरेको छानवीनबाट बन्द सूचिबाट हटेको सूचना सार्वजनिक गर्ने भएको हो ।
बन्दसूचिका उम्मेदवारको अन्तिम नामावली भने शु्क्रबार मात्रै र्सार्वजनिक गरिनेछ । निर्वाचन आयूक्त निलकण्ठ उप्रेतीले हिजो सम्मका उजुरीका आधारमा उमेर नपुगेका सहित विभिन्न उम्मेद्वारको उम्मेद्वारी रद्द गर्ने जानकारी दिनु भयो ।
आज आयोगले उमेर नपुगेका २२ जनाको उम्मेदवारी रद्द भएको घोषणा गर्नेछ । दलहरुले उम्मेदवारको ख्याल नगरी कम उमेरका व्यक्तिहरुलाई उम्मेद्वार बनाएका कारण आयोगले उम्मेद्वारी रद्द गर्न लागको हो ।
त्यस्तै प्रत्यक्षमा उम्मेद्वार बनेका र समानुपातिकमा रहेका केहि उम्मेदुवारलाई पनि बन्दसूचिबाट हटाउने आयोगले छानवीन गरिहेको छ । बन्दसूचिबाट उम्मेदवार हटाएपछि ती ठाउँमा खाली राखीने आयूक्त उप्रेतीले जानकारी दिनुभयो ।
ऐनमा उम्मेदुवार बन्न २५ बर्षहुनुपर्ने प्रावधान रहेपनि दलहरुले २५ बर्षनपुगेकालाई समेत उम्मेदवार बनाएका छन् । आयोग स्रोतका अनुसार उमेर नपुगेका अधिकांस उम्मेदवार माओवादीका छन् ।

प्रधानमन्त्री र उद्योगीबीच छलफल हुने

आफ्नोन्यूज, चैत १९ गते मंगलबार

काठमाडौ । उद्यमी ब्यावसायीहरुले औद्योगीक सुरक्षा र संविधान सभा चुनावका विषयमा मंगलबार प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग छलफल गर्ने भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित नेतृत्वले दिउँसो प्रधानमन्त्रीलाई भेटेर औद्योगिक सुरक्षाका विषयमा ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ ।
महासंघको नवनिर्वाचित नेतृत्वसहित २५ जनाको टोलीले प्रधानमन्त्री कोइरालासँग बालुवाटारमा दिउँसो ३ बजे छलफल गर्ने महासंघका वरिष्ट उपाध्यक्ष सुरज वैद्यले जानकारी दिनुभयो ।
बिहान ८ बजे नै छलफल गर्ने तय भए पनि अहिले तीन दलको वैठक भएका कारण दिउँसो ३ बजेका लागी सारिएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री कोइरालासँग संविधानसभाको चुनावका विषयमा पनि छलफल हुने उपाध्यक्ष वैद्यले जानकारी दिनुभयो ।

Sunday, March 30, 2008

रघुपति जुट मिल्समा आगलागी

ताजा खबर :
बिराटनगर । बिराटनगरस्थित रघुपति जुट मिल्समा आगलागी भएको छ । आगलागीका कारण मिल्स एरिया आसपासको जनजीवन आतंकित बन्न पुगेको छ । के कारणले आगलागी भयो भन्ने बारे केहि जानकारी हुन सकेको छैन ।

तेइस मतदाताका लागि पनि केन्द्र

काठमाडौ । मुलुककै सबैभन्दा कम मतदाता रहेको मतदान केन्द्र मनाङ जिल्ला, चामे गाविसको लालिगुराँस प्राविमा २३ मतदाता मात्र रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । 

चैत २८ को संविधानसभा चुनावमा मनाङ जिल्ला, चामे गाविसको लालिगुराँस प्राविमा रहेको मतदान केन्द्रमा २३ मतदाता मात्र रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । चैत १७ गते आयोगले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार, मुलुकका २० हजार ८ सय ८८ मतदान केन्द्रमा सबैभन्दा कम मतदाता रहेको मतदान केन्द्र यही हो । मनाङमा २० वटा मतदान केन्द्र मात्र रहेको पनि कार्यक्रममा आयोगका प्रवक्ता लक्ष्मण भट्टराईले जानकारी दिए । आयोगका अनुसार, स्याङ्जा जिल्लाको क्षेत्र नम्बर १ मा सबैभन्दा धेरै १३१ मतदान केन्द्र छन् ।

संविधानसभा चुनावको प्रत्यक्षतर्फका लागि २ करोड ४ लाख मतपत्र छापिएको आयोगले जानकारी दियो । प्रत्येक क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उमेदवारी दिएकाले २४० क्षेत्रमै फरक मतपत्र छापिएको भट्टराईले बताए । समानुपातिकका लागि आयोगले २ करोड ८ लाख मतपत्र छापेको छ । चैत २० गतेसम्म सबै क्षेत्रमा मतपत्र पुगिसक्ने पनि भट्टराईले जानकारी दिए ।

एउटा मतदान केन्द्रमा आयोगले ५ देखि १३ कर्मचारी खटाएको आयोगले पत्रकार सम्मेलनमा जानकारी दियो । कर्मचारीलाई सहयोग गर्न आयोगले तीन दिनका लागि १ लाख ८ हजार स्वयंसेवक परिचालन गरिएको पनि कार्यक्रममा जानकारी दिइयो ।

निर्वाचन आचार संहिता उल्लंघन गर्ने कार्यमा सरकारी सञ्चार माध्यम अगाडि

आफ्नोन्यूज, चैत १७ गते आइतवार

रमेश ढुङ्गेल / काठमाडौ । निर्वाचन आचार संहिता उल्लंघन गर्ने कार्यमा नीजि सञ्चार माध्यम भन्दा सरकारी सञ्चार माध्यम नै अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगद्वारा आज काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराईएको हो । हालसम्म दलहरुले आचार संहिता उल्लंघन गरेको बारे जम्मा ३६ वटा उजुरी आयोगमा परेकोमा २६ वटालाई कार्वाही समेत गरिसकेको आयोगले सोही अवसरमा जानकारी गराईयो ।

मतदातालाई निशुल्क यातायात

राजनीतिक दलहरुले राजधानीमा रहेका जिल्ला जान चाहने मतदाताका लागि निशुल्क यातायातको ब्यवस्था गरेका छन् । प्रस्तुत छ सन्तोष बराइलीको एक रिपोर्ट :

चुनावको गर्मी बढ्नुसँगै राजनीतिक दलहरुले राजधानीबाट जिल्लामा मतदाता लान थालेका छन् । दलहरुको आग्रहमा जिल्ला जाने मतदाताले यातायात शुल्कसमेत तिर्नु नपर्ने ब्यवस्था गरिएका दलका कार्यकर्ता बताउछन् । राजधानीमा अध्ययन तथा काम गरेर बसेका मतदाताहरुले मतदान अधिकार पाउन् भनेर यस्तो ब्यवस्था गरिएको उनीहरु बताउँछन् ।

एमाले केन्द्रीय कार्यलय सचिव युवराज कार्कीले आफ्नो पार्टीले राजधानीमा बसोबास गरिरहेका जिल्लाका मतदातालाई निशुल्क लैजाने ब्यवस्था चैत १५, १८, २१ र २४ गते गरेको बताए । न्यून आय भएकाहरुलाई यस्तो ब्यवस्थामा समेटिएको उनको भनाइ छ । पार्टीका भात्रृ संगठनहरु अनेरास्ववियू, किसान संघ, प्ररायुसंघ र जिल्ला जिल्लाका सम्पर्क मञ्चहरुले बिभिन्न तरिकाले उठाएको चन्दा यसमा खर्च गरिएको उनी जानकारी दिन्छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यलय सचिव शोभाकर पराजुलीले चैत २६ गतेसम्म जिल्ला जान चाहने मतदाताहरुलाई निशुल्क यातायात ब्यवस्था गरिएको जानकारी दिए । ज्याला/मजदुरी गरेर राजधानीमा बसिरहेका जिल्लाका मतदातालाई यसरी लैजान लागिएको उनले बताए । पार्टीका शुभचिन्तकहरुको चन्दालाई यातायात खर्चमा प्रयोग गरिएको उनको भनाइ छ ।

माओवादीसम्वद्ध अखिल नेपाल ट्रेड युनियन महासँघले पनि राजधानीमा रहेका दिनहुँ २ देखि ४ गाडी मतदाताहरुलाई जिल्लाहरुमा पठाइरहेको छ । महासंघका उपाध्यक्ष आकाशले चन्दाबाट उठाएको रकम निशुल्क यातायातका लागि ब्यवस्था गरिएको बताए । काठमाडौंमा रहेका जिल्लाका मतदाताहरुलाई चैत २५ गतेसम्म पठाइने पनि उनले जानकारी दिए ।

बिराटनगरको स्थिति सामान्य

आफ्नोन्यूज, चैत १७ गते आइतवार

विराटनगर । कर्फ्यू हटेपछि पनि बिराटनगरमा यातायात र बजार बन्द भए पनि तथा साना प्रदर्शन जारी रहे पनि त्यहाँको स्थिति क्रमश सामान्य बन्दै गइरहेको छ । 
बिराटनगर सिरौचियाको छोटी मस्जिदमा चैत १६ गते बेलुका भएको बम बिस्फोटमा मारिएका फिरोज खान र परवेज इराकीको बिराटनगरमा आज १७ गते भर्खरै दाहासंस्कार गरिएको छ । मस्जिदमा बम बिस्फोट गराइएको बिरोधमा मुस्लिम समुदायबाट बिराटनगरमा अहिले पनि साना प्रदर्शनहरु भइरहेका छन् । सडकमा टायर बालिएको छ । यातायात र बजार बन्द छ । सुरक्षाकर्मीहरु सडकमा पर्याप्त परिचालन गरिएको भए पनि प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छैन । प्रदर्शन पनि उग्र र हिंशात्मक देखिएको छैन ।
सम्भावित दंगाको आशंकाले स्थानीय प्रसाशनले हिजो बेलुका लगाएको कर्फ्यू आज बिहान ८ बजे हटाएको छ । बिराटनगरका पत्रकार मनोज श्रेष्ठका अनुसार, परिस्थिति नियन्त्रणमा रहेकाले आज कर्फ्यू लाग्ने सम्भावना कम छ ।
हिजोको बम बिस्फोटको जिम्मा 'नेपाल डिफेन्स आर्मी' नामको संगठनले लिएको छ ।

प्रचण्ड माधव भेट,प्रधानमन्त्रीलाई भोलि भेट्ने

आफ्नोन्यूज, चैत १७ गते आइतबार

काठमाडौ । नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । १७ चैतमा कोटेश्वरस्थित नेपाल निवासमा भएको भेटमा चुनावी तालमेलबारे कुराकानी भएको बुझिएको छ ।
भेटमा माओवादीले एमालेलगायत अन्य दलका कार्यकर्तामाथि गरेको आक्रमण र आपसी सम्बन्ध सुधार्नेबारे कुराकानी भएको थियो । भेटमा उल्लेख्य प्रगति नभएपनि मुख्य नेतालाई चुनावमा सहयोग गर्नेबारे गम्भीर छलफल भएको बुझिएको छ ।
एमाले र माओवादीका शिर्ष नेताबीच आरोप प्रत्यारोप देखि कार्यकर्ता तहमा आक्रमणको सिलसिला चलिरहंदा पछिल्लो भेट भएको हो ।
यसै गरी संविधानसभा चुनावमा सिटको तालमेलबारे छलफल गर्न र निश्कर्ष निकाल्न एमाले महासचिव माधवकुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्डले चैत १८ गते प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग भेट्ने भएका छन् ।

प्रचन्डका राजधानी बाहिरका सबै कार्यक्रम स्थगित

आफ्नोन्यूज, चैत १७ गते आइतबार

काठमाण्डौ । माओवादीका अध्यक्ष प्रचन्डको असुरक्षा भएको भन्दै पार्टीकेन्द्रीय सचिवालयले प्रचण्डका राजधानीबाहिरका सबै कार्यक्रम स्थगन गरेको छ । आईतबार चितवनको भरतपुरमा आयोजना गर्ने आमसभा अध्यक्ष प्रचण्डको असुरक्षाको कारण स्थगन गरेको माओवादी चितवनको इन्चार्ज पाथिकले जनाए । देशब्यापीरुपमा माओवादीको जनलहर देखेर अध्यक्ष प्रचण्डको हत्या गर्ने योजना बनाएको जानकारीका आधारमा यस्तो निर्णय गरको बताए । उपयुक्त समयमा अध्यक्ष प्रचण्डले देशका अन्य भागमा जाने र चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम पछि तय गरिने बताए । साथै आईतवार बिरेन्द्र क्याम्पस प्रांगणमा दिउँसो आमसभा आयोजना गर्ने र आमसभामा प्रचण्डले सम्बोधन गर्ने भनि प्रचार गरिएको थियो ।

चुनाव गरेरै छोड्ने प्रमुख निर्वाचन आयुक्तको दाबी

आफ्नोन्यूज, चैत १७ गते आइतबार

पोखरा । प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजनीति दलका नेताहरुले जेसुकै भनेपनि निर्वाचन आयोगले आउँदो २८ गते चुनाव गरेर छाड्ने प्रतिबद्ध रहेको बताउनुभएको छ । द्धन्द्धपछिको व्यवस्थापनमा जटिलता देखिएपनि आयोग निर्वाचन सम्पन्न गर्नतर्फकेन्द्रीत रहेको उल्लेख गर्नुभयो । कास्की, तनहुँ, पर्वत, बाग्लुङ र म्याग्दीको चुनावी अवस्थाको बारेमा अनुगमन गरी र्फकनुभएका पोखरेलले आइतबार पोखरामा सञ्चारकर्मीसितको कुराकानी गर्दै जिल्लाहरुमा चुनावी चहलपहल निकै उत्साहप्रद र बातावरण सुमधुर भएको आफुले पाएको जानकारी दिनुभयो । 'चुनावको लागि मुलुक तयार छ । निर्वाचनप्रति कसैले शंका गर्नुपर्दैन् ।' उहाँले भन्नुभयो-'द्धन्द्धपछिको अवस्थामा सामान्य घटना भने घटिरहन्छन् । आयोग निर्वाचन गर्ने अन्तिम तयारीमा छ ।'उहाँले कुनै पार्टीविसेस राजनीतिक नेताहरुले चुनावप्रति उठाएका नकारात्मक आवाजलाई निरुत्साहित गर्नेतर्फसञ्चारमाध्यमको ध्यानाकर्षा गराउनुभयो । 'बातावरण सुमधुर छ । सबै उत्साहित भएका छन् ।' उहाँले भन्नुभयो-'मतदातालाई ढुक्क भएर मतदान गर्न आयोग आग्रह गर्छ ।' उहाँले आयोगले चुनाव गर्ने हो भन्दै राजनीतिक दलका नेताहरुले के भन्छन त्यसप्रति कुनै चासो नलिन समेत र्सवसाधारणलाई आग्रह समेत गर्नुभयो । 'आयोगले चुनाव गर्ने हो दलले होइन ।' उहाँको भनाई थियो । प्रमुख आयुक्त पोखरेलले चुनावको लागि विदेशी पर्यवेक्षक ७ सय र स्वदेशी पर्यवेक्षक ४३ हजार नाघेको जानकारी दिदैं निर्वाचनमा कुनै पार्टीविशेष प्रचार प्रसार गर्दै हिडेको अवस्थामा पर्यवेक्षकको परिचय पत्र रद्द गर्दै आवश्यक कार्वाही गरिने बताउनुभयो । 'व्यक्ति विशेष योग्यताको आधारमा पर्यवेक्षक बनाएका छैनौं ।' उहाँले भन्नुभयो-'विश्वासका आधारमा संघसंस्थालाई पर्यवेक्षकको जिम्मा दिइएका छौं ।' उहाँले पर्यवेक्षकले आफना आस्थालाई चनाव प्रचारप्रसारमा प्रतिविम्वित गर्न नहुने स्पष्ट पार्नुभयो । निर्वाचनको तिथि डेढसाता मात्रै बाँकी रहेको अवस्थामा हिसांत्मक गतिविधि बढ्दै गएकोप्रति उहाँले आयोग त्यस्ता घटनाहरुले चिन्ता चासो र दुख व्यक्त गर्दै सुरक्षास्थिति तर्फसरकार चनाखो बन्नुपर्ने जोडदिनुभयो । निर्वाचनको समयमा अन्तराष्ट्रिय पर्यवेक्षकलाई सबै बुथमा पुग्न आयोगको आग्रह रहेको बताउनुभयो । बुथ क्याप्चर गर्नेलाई कानून अनुरुप कार्वाही गरिने उहाँले जानकारी दिनुभयो ।

चुनावमा जस्तो परिणाम आएपनि स्वीकार्छौं-किरण

आफ्नोन्यूज, चैत १७ गते आइतबार

बुटवल । नेकपा माओवादीका वरिष्ठ नेता मोहन वैद्य किरणले संविधान सभा निर्वाचनमा जस्तो परिणाम आएपनि स्वीकार गर्ने बताएका छन् । १७ चैतमा क्रान्तिकारी पत्रकार संघको आयोजनामा भएको पत्रकार भेटघाटमा बोल्दै उनले परिणाम स्वीकार्नका लागि चुनाव स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने बताए ।
किरणले धाधली नगरि चुनाव सम्पन्न भए परिणाम माओवादीको पक्षमा आउने दाबी समेत गरे । नेपालमा चुनावका लागि एक लाख पर्यवेक्षक आउनुले धाँधली हुन सक्ने संकेत गरेको बताउदैं देशी विदेशी माओवादीविरोधीले धाधली गर्नसक्ने बताए । अग्रगमनको पक्षमा परिणाम नआए पुनःसंघर्षमा उत्रिने चेतावनी दिए ।
देशी विदेशी प्रतिक्रियावादीले माओवादीलाई फसाएर चुनाव नगराउन चाहेको तथा पछिल्लो अवस्थामा भैरहेका घटनाले चुनाव हुनेमा अझै शंका रहेपनि माओवादी जस्तो मुल्य चुकाउन परेपनि चुनावबाट पछि नहट्ने बताए ।
माओवादी केन्द्रीय सदस्य देवेन्द्र पौडेल सुनिलले संविधान सभा चुनावमा माओवादीको जित सुनिश्चित देखेर प्रतिक्रियावादी आत्तिएको बताए ।
सो अवसरमा साहित्यकार रामचन्द्र भट्टर्राईको उपन्यास ज्वालाको विमोचन समेत गरिएको थियो ।

बम विस्फोटको घटना अत्यन्तै निन्दनीय एवम् घृणित घटना भएको

आफ्नोन्यूज, चैत १७ गते आइतबार

विराटनगर । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विराटनगरको जामे मस्जिदमा हिजो गराइएको बम विस्फोटको घटना अत्यन्तै निन्दनीय एवम् घृणित घटना भएको बताउनुभएको छ । कोइराला निवासमा आज बिहान सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले बम विस्फोटजस्ता घृणित कार्यले कसैलाई फाइदा नपुर्‍याउने बताउँदै जुन उद्देश्यले घटना भएको भए पनि सो उद्देश्य कहिल्यै पूरा नहुने दृढता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले घटनाका पीडित परिवारलाई धैर्य र संयम अपनाउन पनि हार्दिक आग्रह गर्नुभयो । आफू संविधानसभाको निर्वाचनलाई शान्तिपुर्ण एवम् निष्पक्ष ढङ्गले सम्पन्न गर्न दृढ सङ्कल्पित रहेको उल्लेख गर्नुहुँदै उहाँले सो घटनाका सम्बन्धमा छानविन गन आयोग गठन गरिने र अपराधीमाथि कडा कारबाही गरिने बचन दिनुभयो । प्रधानमन्त्री कोइरालाले सात पार्टीबिच आपसी सद्भावको कमीका कारण देशमा अप्रिय घटना भइरहेको बताउँदै आतङ्क मच्चाउने काम राष्ट्रहित र जनताको भावना विपरीत भएको स्पष्ट पार्नुभयो । श्री कोइरालाले सरकारले तर्राईका सशस्त्र समूहका लागि वार्ताको ढोका खुला राखेको बताउँदै मुस्लिम समुदायलाई धैर्य गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्रीले धार्मिक आस्था र साम्प्रदायिक सद्भाव खलबल्याउने घटनाले कसैको हित नहुने उल्लेख गर्दै त्यस्ता घटना अत्यन्त निन्दनीय हुने पनि बताउनुभयो । उहाँले यस्ता घटनाले राष्ट्रसेवक कर्मचारीमा विचलन नआउने पनि स्पष्ट पार्नुभयो ।प्रधानमन्त्री तीन दिनको बसाइँपछि आजै काठमाडौँ फर्किनुभयो ।

Saturday, March 29, 2008

आजदेखि दैनिक पत्रकार सम्मेलन हुने

आफ्नोन्यूज, चैत १७ गते आईतबार

काठमाडौ । निर्वाचन आयोगले चैत २८ को संविधानसभा चुनावबारे हरेक दिन पत्रकार सम्मेलन गर्ने भएको छ । 
चैत २८ को संविधानसभा चुनावसम्बन्धमा निर्वाचन आयोगले आज चैत १७ देखि दैनिक पत्रकार सम्मेलन गर्ने भएको छ । आयोगका प्रवक्ता लक्ष्मण भट्टराईका अनुसार, पत्रकार सम्मेलन हरेक दिउँसो तीन बजे आयोगको मिडिया सेन्टरमा गरिनेछ ।

माओवादीको राजासंग सांठगांठ- नेपाल

आफ्नोन्यूज, चैत १७ गते आईतबार

काठमाडौ । नेकपा एमालेका महासचिव माधवकुमार नेपालले माओवादीको राजासंग सांठगांठ रहेको आरोप लगाएका छन् । हिजो राजधानीमा आयोजित चुनावी सभामा बोल्दै उनले दरबारनिकटलाई प्रचण्डले बारम्बार भेट्नु र उनीहरुलाई संविधानसभामा पार्टीका तर्फबाट उम्मेदवार बनाउनुले राजासंग सांठगांठको आशंकालाई पुष्टि गर्न बल पुगेको बताए ।
'माओवादीको राजासंग सांठगांठ रहेको छ,' नेपालले भने,' वीरेन्द्र र ज्ञानेन्द्रसंग सांठगांठ रहेकोहरु एमालेजस्तो वामपन्थीलाई आक्रमण गरिरहेका छन् । उनीहरु राजावादीलाई किन राष्ट्रवादी भन्दैछन् ?' चुनावमा आशंका पैदा गर्ने काम माओवादीबाट भएको भन्दै आलोचना गरे । उनले चुनावी तालमेलका ढोका अझै खुला रहेको बताए । माओदीलाई जनताको मत लिएर सत्तामा पुग्न चुनौती दिए । नेपाली सेना र प्रहरीलाई गाली गरेर माओवादीले उनीहरुको मनोबल गिराउने प्रयास गरेको बताए ।
एमाले स्थायी कमिटि सदस्य केपी शर्मा ओलीले माओवादीको देखाउने दांत मात्र गणतन्त्र भएको बताए । उनले भने,'माओवादी वास्तवमा राजावादी हो, उसको देखाउने दांत मात्र गणतन्त्र हो ।' माओवादीले सूर्यबहादुर सेन ओलीजस्ता राजावादीलाई उम्मेदवार बनाउनेदेखि दरबारियालाई भेट्ने काम गरिरहेकाले उनीहरुको असली चरित्र चुनावले देखाउने बताए । जनयुद्धका क्रममा माओवादीले कुनैपनि सामन्तलाई एक थप्पड नहानेको उल्लेख गरे । माओवादीकै कारण चुनावी तालमेल असम्भव भएको बताए । चुनाव सफल बनाउन आफूहरुले संयमता अपनाएको बताउदै अब चुप लागेर नबस्ने बताए । आफूहरुको चुनावी लडाईं कांग्रेससंग भएको बताउदै भने,'दुइवटा सांढे जुधिरहंदा बीचमा बाछो आएर जिस्काइरहेको छ, किचिएला भन्ने जानेर साइड लाग्दा हुन्छ ।'
एमाले स्थायी कमिटि सदस्य इश्वर पोखरेलले कांग्रेस र माओवादीले राम्रो संविधान बनाउन नसक्ने भन्दै आफूहरुलाई जिताउन आग्रह गरे । केन्द्रीय सदस्य विद्यादेवी भण्डारीले माओवादीलाई भोट दिनु आतंकलाई समर्थन गर्नुसरह हुने बताइन् ।
कार्यक्रममा केन्द्रीय सदस्य रवीन्द्र श्रेष्ठले माओवादी २८ चैतबाट साइजमा आउने बताए । वाम एकताको वाधक प्रचण्ड भएको बताउदै भने,'झण्डा, नारा र सिद्धान्त एउटै बोक्नुछ भने किन अर्को दल खोलेर बस्ने ?' प्रचण्ड राजा ज्ञानेन्द्रसंग मिलेर प्रधानमन्त्री खाने प्रयासमा लागेको उनको आरोप थियो । वाम दलहरु जुंघाको लडाईं लडिरहेको भन्दै एकताको आव्हान गरे ।
कार्यक्रमको संचालन एमालेका समानुपातिकतर्फका उम्मेदवार डा.विजय पौडेलले गरेका थिए ।

नमूना मतदान हुँदै

आफ्नोन्यूज, चैत १६ गते शनिबार

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा प्रयोग गरिनलागेको बिद्युतीय मतपेटिका तथा मतदान गर्ने तरिकाबारे मतदातालाई जानकारी गराउन आज त्यस क्षेत्रका १० ठाउँमा नमूना मतदान गराइदैछ ।

चैत २८ को संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर १ मा प्रयोग गरिनलागेको बिद्युतीय मतपेटिकाबारे मतदातालाई जानकारी दिन निर्वाचन आयोग काठमाडौंले नमूना मतदान गराउदैछ । चैत १६ गते बिहान १० बजेदेखि क्षेत्र नम्बर १ का १० वटा नमूना मतदान केन्द्रहरुमा मतदाताहरु लाईन लागेर मतदान गरिरहेका छन् । बेलुका ५ बजेसम्म मतदान गर्न पाउने ब्यवस्था गरिएको आयोगले
बताएको छ ।

एउटा बिद्युतीय मतपेटिकामा १६ वटा मात्र चिन्ह अट्ने हुनाले अहिले संविधानसभा चुनावमा एक नम्बर क्षेत्रका प्रत्येक मतदान केन्द्रमा ४ वटा मतपेटिका राख्नुपर्छ । तर, नमूनाका लागि मात्र मतदान गराईएकाले आज मतदान केन्द्रमा तीन मतपेटिका मात्र राखिएको छ । आज राखिएको मतपेटिका ३७ चिन्ह राखिएका छन् ।

मतपेटिकामा अहिलेको चुनावमा प्रयोग हुने चिन्हहरु भने राखिएका छैनन् । यसैगरी, आजको मतदानको परिणाम पनि सार्वजनिक गरिनेछैन । आयोगले १० नमूना मतदान केन्द्रबाहेक १ नम्बर क्षेत्रका अरु चोकहरुमा पनि मतपेटिका तथा मतदान गर्ने तरिकाबारे खुला कक्षा चलाएको छ ।

हिजोदेखि कुलेखानी विद्युतको परीक्षण उत्पादन सुरु

आफ्नोन्यूज, चैत १६ गते शनिबार

भीमफेदी । कुलेखानी जलविद्युत दोस्रो आयोजना मकवानपुरले जिल्लाको भैंसेस्थित विद्युत गृहको जेनेन्टर र्टवाइनको मर्मतसम्भार गरी हिजोदेखि विद्युतको परीक्षण उत्पादन सुरु गरेको छ ।उक्त विद्युत गृहको जेनेन्टर र्टवाइन नं.२ को मर्मतसम्भार गर्दा जम्मा १६ मेगावाट विद्युत उत्पादन पुनः सुरु भएको छ । यसैबीच सो र्टवाइन जेनेन्टर आकस्मिकरूपमा ब्रिग्रेर पुस महिनादेखि विद्युत उत्पादन बन्द गर्नुपरेको सो आयोजनाले जनाएको छ । यसैगरी करिब चार हप्ताअघि सो दोस्रो जलविद्युत गृहमा र्टवाइन जेनेन्टर नं.१ को मर्मतसम्भार गरी १६ मेगावाट विद्युत उत्पादन गरी केन्द्रीय प्रसारणमा जोडिएको थियो ।कुलेखानी जलविद्युत आयोजना दोस्रोबाट उत्पादित कुल ३२ मेगावाट विद्युत आजै साँझदेखि केन्द्रीय प्रशारण लाइन जोडी विद्युत आपूर्ति गरिने योजना रहेको मकवानपुरका प्राविधिक इन्जिनियर रमेशकुमार तिवारीले बताउनुभयो । मकवानपुर जिल्लास्थित कुलेखानी जलविद्युत प्रथम आयोजना धोरसिङबाट ६० मेगावाट तथा दोस्रो आयोजना भैंसेबाट ३२ मेगावाट गरी कुल ९२ मेगावाट विद्युत उत्पादन हुने गरेको कुलेखानी जलविद्युत आयोजना मकवानपुरले जनाएको छ ।

उधारो रकम नतिर्ने व्यापारीलाई करेन्ट

आफ्नोन्यूज, चैत १६ गते शनिबार

नेपालगन्ज । नेपालगन्जको न्युरोड फुटपाथका जुत्ता व्यापारी फिरोज हल्वाईलाइ उधारो रकम भुक्तान नगरेको भन्दै जुत्ताको थोक व्यापारी डा. केडियाले करेन्ट लगाएर घाइते बनाएका छन् ।स्थानीय भेरी अञ्चल अस्पतालको आपतकालीनकक्षमा उपचार गराइरहेका फिरोज हल्वाई बेहोस अवस्थामा रहे पनि खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।न्युरोडमै रहेको ओम र्साई फुटवेयर थोक पसलका व्यापारी केडियाले बुधबार राति फुटपाथे व्यापारी फिरोजलाई आफ्नो पसलको गोदामघरमा ल्याई कुटपिट गर्दै करेन्ट लगाएको घाइते फिरोजको भनाइ उद्धृत गर्दै उनका भाइ बाबु हल्वाईले बताए । डा. केडियाले पैसा भुक्तान नगरेमा पुनः करेन्ट लगाउने भनी राति नौ बजे छोडेपछि पुनः यातना पाउने डरले फिरोजले शुक्रबार बिहान विष सेवन गरेको उनका भाइले बताए ।

रानीबनमा अमेरिकन पर्यटक लुटिए

आफ्नोन्यूज, चैत १६ गते शनिबार

पोखरा । घुम्न आएका अमेरिकन पर्यटक लुटिएका छन् । विश्व शान्ति स्तुपबाट पोखरा तर्फआउँदै गर्दा शनिबार साँझ रानी बनमा अमेरिकन नागिरक पावल शो लुटिएका हुन् । साँझ सवा ६ बजेको समयमा पोखरा तर्फआउँदै गर्दा केही लुटेराहरुले लुटेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।पर्यटकबाट पर्स, नगद एक हजार रुपियाँ, कानमा लगाएको सुनको रिङ, सिल्पिङ व्याग, पासपोर्ट लगायतका सामानहरु लुटेराले लुटेको प्रहरीले जनाएको छ । प्रहरीले लुटेराहरुको खोजी कार्य गरेपनि फेला पार्न भने सकेको छैन् । शान्ति स्थापनासँगै पोखरामा पर्यटकको आगमन निकै उत्साहप्रद रहेको अवस्थमा पर्यटकमाथि गरिने अभद्र व्यवहारले विश्व पर्यटन बजारमा नकारात्मक असर पुर्‍याउने पर्यटन व्यवसायीहरु बताउँछन् । फेवाताल पारीको रानीबनमा पर्यटक लुटिदै. आएका छन् । पर्यटकको सुरक्षाको लागि प्रहरी प्रशासनले असक्षम बनेका छन् ।

Friday, March 28, 2008

विदेशीबाट पैसा लिएर माओवादीलाई हराउने खेल भइरहेकोछ -गजुरेल

आफ्नोन्यूज, चैत १६ गते शनिबार

काठमाडौ । नेकपा माओवादीका विदेश विभाग प्रमुख सीपी गजुरेलले कांग्रेस र एमालेले चुनाव जित्न पैसाको खोलो बगाएको आरोप लगाएका छन् । १६ चैतमा पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी उनले विदेशीबाट पैसा लिएर माओवादीलाई हराउने खेल भइरहेको आरोप लगाए ।
'चुनाव जित्न कांग्रेस र एमालेले पैसाको खोलो बगाइरहेको छन्,' गजुरेलले भने,'माओवादीमाथि खनिएका विदेशीको पैसा लिएर दुवै दल हामीविरुद्ध लागेका छन् ।' आफूहरुलाई दुनियांको कुनै षड्यन्त्रले हराउन नसक्ने उनको दाबी थियो । माओवादीको पक्षमा जनलहर उर्लिएको दाबी गर्दै उनले देशी विदेशी शक्ति आत्तिएको बताए ।

सशस्त्र समूहको जायज माग पूरा गर्न सरकार तयार

आफ्नोन्यूज, चैत १६ गते शनिबार

मोरङ । शान्ति तथा पुनर्निर्माणमन्त्री रामचन्द्र पौडेलले तराईका सशस्त्र समूहसंग वार्ताका लागि भनेरै आफू तराई झरेको बताएका छन् । १६ चैतमा विराटनगरमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले सशस्त्र समूहले राखेको शर्तबारे वार्तामै छलफल गर्न सकिने बताए ।

'तराईका सशस्त्र समूहको जायज माग पूरा गर्न सरकार तयार छ,' मन्त्री पौडेलले भने,' थुनामा रहेका क-कसलाई छुटाउने हो नाम पठाउनुपर्‍यो ।' जनकपुर या राजविराजमा हिजै वार्ता गर्ने भनिएकाले आफू तराई झरेको उनको भनाई थियो । सशस्त्र समूहले वार्ताका लागि तयार भएको जानकारी पठाउनेवित्तिकै आफू उनीहरुले भनेकै स्थानमा पुग्ने बताए । वार्ताका लागि आफू नेपालभित्र जहाँसुकै जान तयार रहेको बताए । आफूले मध्यस्थकर्तामार्फत् सशस्त्र समूहलाई सम्पर्क गरिरहेको पौडेलको भनाई थियो । सरकार चुनावपछि या अघि वार्ता गर्छ भन्ने प्रश्नमा उनको जवाफ छ,'अहिले नै वार्ता गर्र्छौं भने पनि सरकार तयार छ ।'

सशस्त्र समूहको अल्टिमेटम आजसम्मको

आफ्नोन्यूज, चैत १६ गते शनिबार

तराईका सशस्त्र समूहले सरकारसंग वार्तामा बस्नुअघि प्रहरी हिरासतमा रहेका आफ्ना कार्यकर्ता छाड्नुपर्ने शर्त अगाडि सारेका छन् । उनीहरुले १६ चैतभित्र शर्त पूरा गरी वार्ताको वातावरण बनाउन आग्रह गरेको छन् ।
तराई कोब्रा, मधेशी मुक्ति टाइगरलगायतले वार्तामा बस्नुअघि आफ्ना कार्यकर्ता छाड्न शर्त राखेपनि सरकारी पक्ष वार्तामा आएपछि त्यसबारे छलफल गर्न सकिने अडानमा कायमै छ । उच्च स्रोतका अनुसार हत्याको अभियोगमा थुनामा रहेकालाई छाड्दा अर्को खतरा उत्पन्न हुने भन्दै सरकार गम्भीर भएको छ ।
सूत्रहरुमार्फत सरकार र सशस्त्र समूहबीच वार्ताको वातावरण निर्माणको प्रयास जारी छ । स्रोतका अनुसार सशस्त्र समूह आन्तरिक बैठक बसी सरकारी धारणाबारे परामर्श गर्न व्यस्त छन् । सशस्त्र समूहको शर्तका कारण १५ चैतमा हुने जनकपुरमा हुने भनिएको वार्ता हुनसकेको थिए ।
जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहले भने चैतभित्र सरकारसंग वार्ता हुननसक्ने स्पष्ट पारिसकेको छ ।

मतपत्र २० गतेसम्म सबै जिल्ला पुग्ने

आफ्नोन्यूज, चैत १५ गते शुक्रबार

काठमाडौ । निर्वाचन आयोगले तराईका संवेदनशिल जिल्ला र क्षेत्रमा मतपत्र पठाइसकिएको तथा चैत २० गतेभित्र सबै जिल्ला र क्षेत्रमा मतपत्र पुगिसक्ने जानकारी दिएको छ । 
चैत २८ को संविधानसभा चुनावका लागि चैत २० सम्म सबै जिल्ला र क्षेत्रमा मतपत्र पुगिसक्ने निर्वाचन आयोगले बताएको छ । निर्वाचन आयोगका प्रवक्ता लक्ष्मणप्रसाद भट्टराईले १५ गते हिमालखबर डट कमसँग कुरा गर्दै सुरक्षाका हिसावले संवेदनशिल रहेका तराईका सबै जिल्ला र क्षेत्रमा मतपत्र पुर्‍याउने काम सम्पन्न भइसकेको जानकारी दिए । काठमाडौंबाहेक सबै जिल्लाका लागि चाहिने मतपत्र छापिइसकेको पनि भट्टराईले उल्लेख गरे ।
संविधानसभा चुनाव दुई प्रणालीमा हुने भएकाले दुई वटा मतपत्र छापिएको र यस पटक मतपत्र छपाइ खर्च विगत संसदीय चुनावभन्दा दोब्बर लागेको पनि भट्टराईले जानकारी दिए । तर, मतपत्र छपाइको खर्च रकम बताउन भने गोप्यतालाई कारण देखाउदै उनले मानेनन् । अघिल्ला चुनावभन्दा यस पटक मतपत्रको आकार ठूलो रहेको जानकारी पनि उनले दिए ।

नेताको हत्या गर्ने माओवादी योजना

आफ्नोन्यूज, चैत १५ गते शुक्रबार

झापा । एमाले नेता केपी ओलीले राजनीतिक दलका नेताहरुको हत्या गर्ने योजना माओवादीले बनाएको आफूले रिपोर्ट पाएको दावी गरेका छन् ।
एमाले वरिष्ठ नेता केपी शर्मा ओलीले माओवादीले राजनीतिक दलका वरिष्ठ नेताहरुको हत्या गर्ने योजना बनाएको बताएका छन् । झापा क्षेत्र नम्बर ७ बाट एमालेका उमेदवारसमेत रहेका ओलीले चैत १४ गते झापाबाट राजधानी आएपछि संचारकर्मीसँग कुरा गर्दै माओवादी नेताहरुले आफ्नो हत्या हुने हल्ला गर्दै अन्य दलका वरिष्ठ नेताहरुको हत्या गर्ने योजना बनाएको रिपोर्ट आफूले पाएको उल्लेख गरे । माओवादी नेता तथा कार्यकर्ताले चैत २८ गतेसम्म आफ्नो हत्या गर्ने सार्वजनिक उद्घोष गरेको पनि ओलीले संचारकर्मीलाई बताए ।
माओवादीले राजावादीसँग मिलेर राजतन्त्रको आयू लम्ब्याएको पनि ओलीको आरोप थियो । संचारकर्मीसँग ओलीले मंशिर ६ गते निर्वाचन सार्नु राजतन्त्र बचाउने षड्यन्त्रको अंग भएको उल्लेख गरे । चैत २८ गते जसरी पनि संविधानसभा चुनाव गर्नुपर्ने ओलीको भनाइ थियो ।

यौन शोषणमा रोक लगाउने

आफ्नोन्यूज, चैत १५ गते शुक्रबार

नेपालगन्ज । बादी तथा दलित समुदायका महिला, किशोरी र बालबालिकाका लागि बाँके तथा कैलाली जिल्लामा जीवन सुधार कार्यक्रम सञ्चालन गरिएको छ । महिला विकास शाखा बाँके, युनेस्को क्लब तथा सेभ द चिल्डे्रन, नर्वेको संयुक्त पहलमा विगत तीन महिनादेखि सञ्चालित सो कार्यक्रमअर्न्तर्गत बादी समुदायका महिला तथा किशोरीमाथि हुने यौन शोषणमा रोक लगाउने, उनीहरुको सामाजिक तथा सांस्कृतिक स्थितिमा सुधार ल्याउने, दुवै समुदायका बालबालिकाको सङ्गठनात्मक नेतृत्व विकास गर्ने, शिक्षाको अवसरको सिर्जना गर्ने, रोजगारीको व्यवस्था तथा जन्म दर्ता र नागरिकता पाउने वातावरण तयार गर्ने उद्देश्य समेटिएको छ । बाँके जिल्लाको बैजापुर, रझेना, चिसापानी, कम्दी, कचनापुर, नौवस्ता गाविस तथा नेपालगन्ज नगरपालिका तथा कैलालीको दोदोधारा, धनसिंहपुर गाविस र टीकापुर नगरपालिकामा संचालित सो कार्यक्रमको अवधि एक वर्षरहेको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेजअलि सिद्धिकीले बताउनुभयो ।

Thursday, March 27, 2008

प्रधानमन्त्री र भारतीय राजदूतबीच भेट

आफ्नोन्यूज, चैत १४ गते विहीबार

काठमाडौ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेपालका लागि भारतीय राजदूत शिवशंकर मुखर्जीबीच भेटवार्ता भएको छ । १४ चैतमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, संविधानसभा निर्वाचनको तयारी, सीमा क्षेत्रको सुरक्षा अवस्थालगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले बतायो ।
प्रधानमन्त्रीले सीमा क्षेत्रमा सुरक्षा सुदृढ गर्न दुवै देशका सुरक्षाकर्मी मिलेर जानुपर्नेमा जोड दिनुभएको बुझिएको छ । मुखर्जीले भारतीय सुरक्षाकर्मी समन्वय गरी सुरक्षा सुदृढ गर्न लागिपरेको बताउनुभएको स्रोतले बतायो ।
भारतबाट ल्याइएको सैन्य सामाग्रीमा उत्पन्न विवादबारे पनि छलफल भएको स्रातले बतायो ।
यसअघि प्रधानमन्त्रीले गृहमन्त्री र गृहसचिवसंग पछिल्लो सुरक्षा अवस्था र सैन्य सामाग्रीको विवादबारे जानकारी लिनुभएको थियो ।

सहकारी संस्थाबाट रु. चार लाख ८० हजार लुटपाट

आफ्नोन्यूज, चैत १४ गते विहीबार

मध्यपुर थिमी । हतियारधारी समूहले आज दिउँसो सुर्ययविनायकस्थित नागरिक बहुउद्देश्यीय सहकारी संस्थाबाट रु. चार लाख ८० हजार लुटेर लगेको छ । चार जनाको सङ्ख्यामा आएको सो समूहले पौने १२ बजे संस्थाका सुरक्षागार्ड प्रकाश थापालाई बन्दुकको नालले हिर्काएर घाइते बनाई लुटपाट गरेको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी निरीक्षक गजुरसिद्धि वज्राचार्यले बताउनुभयो । लुटेरा समूहले सहकारी संस्थाका पाँच जना कर्मचारीलाई डोरीले बाँधेर रकम लुटेर लगेको संस्थाका अध्यक्ष देवलाल किसीले जानकारी दिनुभयो । प्रहरीले लुटेरा समूहको खोजी भइरहेको जनाएको छ ।

Wednesday, March 26, 2008

पूर्वका ६ जिल्ला बन्द

आफ्नोन्यूज, चैत १४ गते विहीबार

सोलुखुम्बु । सोलुखुम्बुमा हिजो भएको झडपको विरोधमा नेकपा माओवादीको किराँत राज्य समितिले आज पूर्वका ६ जिल्ला बन्दको आहृवान गरेको छ ।
एसएलसी परीक्षाका केन्द्र भएका स्थानमा बाहेक अन्य ठाउँमा बन्द आहृवान गरिएको बुझिएको छ ।
हिजो काङ्ग्रेस र माओवादी कार्यकर्ताबीच भएको झडपमा परी एक माओवादीको मृत्यु भएको थियो भने जिल्ला सेक्रेटरी हिमाल गिरीसहित २४ जना भन्दा बढी घाइते भएका थिए ।
झडपमा काङ्ग्रेसका उम्मेदवार बलबहादुर केसी पनि घाइते भएका छन् ।
घाइतेमध्ये उम्मेदवार केसीसहित १२ जनालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको छ ।
जिल्लाको चिसा खोला भन्ने ठाउँमा माओवादी र काङ्ग्रेसले एकै ठाउँमा गरेको चुनावी सभामा एक्कासी दोहोरो झडप सुरु भएको थियो ।
झडपमा वाइसिएलका जिल्ला सचिवालय सदस्य गङ्गाबहादुर भुजेल 'गजेन्द्र' को मृत्यु भएको माओवादी केन्द्रीय सूचना ब्यूरोले जनाएको छ ।

उद्योग वाणिज्य महासंघको अध्यक्षमा कुसकुमार

आफ्नोन्यूज, चैत १४ गते विहीबार

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ अध्यक्षमा कुशकुमार जोशी निर्वाचित हुनभएको छ । अध्यक्ष पदका लागि खसेको २ हजार ८ सय २१ मतमध्ये जोशी प्रत्यासी चण्डीराज ढकाल भन्दा १ सय २२ मत बढी ल्याएर विजयी हुनुभएको हो । जोशीले १ हजार ४ सय ६८ र ढकालले १ हजार ३ सय ४८ मत प्राप्त गर्नुभएको छ ।
विजयी उम्मेद्वार जोशी 'व्यवसायमा सामाजिक उत्तरदायित्व र स्वच्छ छवि' को चुनावी नारा लिएर प्रतिस्पर्धामा आउनुभएको थियो ।

महासङ्घमा ३ जना उपाध्यक्ष रहने व्यवस्था अनुसार, नगर तथा जिल्ला उद्योग वाणिज्य सङ्घका तर्फाट कृष्णप्रसाद ताम्राकार, एसोसिएटतर्फ प्रदिपजङ्ग पाण्डे र वस्तुगत सङ्घतर्फ भाष्करराज राजकणिर्कार निर्वाचित हुनुभएको छ । ४२ जना कार्यकारिणी सदस्यमा निर्वाचित हुनुभएको छ ।

हिजो दिउँसो ३ बजेबाट सुरु भएको मतदान साँझ ७ बजे सकिएको थियो । राति आठ बजेबाट सुरु भएको मतगणना केहिवेर अघिमात्रै सकिएको हो ।
महासङ्घको कार्यसमितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष र ५७ सदस्य गरी ६१ पदाधिकारी रहने व्यवस्था छ ।
ती पदहरुमध्ये नौ सदस्य निर्विरोध भएका हुन् भने बाँकी पदका लागि १ सय २ उम्मेदवारहरुबीच मतदान भएको थियो ।

माओवादीको कुटाइबाट कांग्रेस कार्यकर्ता घाइते

आफ्नोन्यूज, चैत १४ गते विहीबार

धादिङ । धादिङको क्षेत्र नंम्वर १ को बसेरी गाँउमा आज विहान नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूलाई माओवादीका कार्यकर्ताहरूले कुटपिट गरेका छन् ।
माओवादीको आक्रमणबाट कांग्रेस क्षेत्रनम्बर १ का उम्मेद्वार तील मान पार्खिन, क्षेत्रीय सभापति भक्त लामा सहित १२ भन्दा बढी घाइते भएका छन् ।
भरत ढकालको घरमा सुतिरहेको अवस्थामा आज विहान ३ बजे कुटपिट गरेको नेपाली काङग्रसका सोभाखर पराजुलीले बताउनु भएको छ ।
आक्रमणमा परी गम्भिर र्घाईते भएका २ जनालाई हेलिकप्टरमार्फ काठमाण्डु ल्याइने तयारी भइरहेको छ ।
नेपाली काङ्ग्रसले घटनाको निन्दा गरेको छ । माओवादीले भने अहिले सम्म कुनै र्सार्वजनिक प्रतिक्रिया दिएको छैन ।

माओवादीलाई पराजय अस्वीकार्य- प्रचण्ड

आफ्नोन्यूज, चैत १४ गते विहीबार

मोरङ । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफूहरुलाई पराजय अस्वीकार्य हुने बताएका छन् । १३ चैतमा मोरङको पथरीमा आयोजित चुनावी सभामा बोल्दै षड्यन्त्रले मात्र आफूहरुलाई पराजित गर्न सक्ने बताए ।
'संविधानसभा निर्वाचनमा जीतको हकदार माओवादी मात्र हो,' प्रचण्डले भने,'षड्यन्त्रबाट पराजित गर्न खोजिए स्वीकार्य हुदैन ।' आफूहरुविरुद्ध देशी विदेशी षड्यन्त्रकारी देखापरेको बताए । सबै किसिमका षड्यन्त्रलाई चिर्दै माओवादी विजयी हुने उनको दाबी थियो ।
नेकपा एमालेमाथि कडा रुपमा प्रस्तुत भएका उनले चुनावी तालमेलको सहमति बनिसक्दा विदेशीको इशारामा एमाले बिच्किएको आरोप लगाए । उनले एमालेको दम्भ चुनावले अन्त गर्ने बताए ।

आक्रमणको संयुक्तरुपमा प्रतिवाद गर्नुपर्ने

आफ्नोन्यूज, चैत १३ गते बुधबार

काठमाडौ । एमाले स्थायी समिति सदस्य अमृतकुमार बोहोराले माओवादी आक्रमणको दलहरुले संयुक्तरुपमा प्रतिवाद गर्नुपर्ने बताएका छन् ।
एमाले स्थायी समिति सदस्य अमृतकुमार बोहोराले दलहरुका उमेदवार तथा कार्यकर्तामाथि माओवादीबाट भएका आक्रमणको दलहरुले संयुक्तरुपमा प्रतिवाद गर्नुपर्ने बताएका छन् । धादिङ क्षेत्र नम्बर ३ का एमाले उमेदवारमाथि चैत १२ गते भएको आक्रमणबारे जानकारी दिन राजधानीस्थित पार्टी केन्द्रीय कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बोहोराले माओवादीका पछिल्ला ब्यवहार चुनाव नचाहने तथा प्रतिस्पर्धा बिरोधी भएको उल्लेख गरे । 'एमालेमाथि मात्र माओवादी आक्रमण भएको छ भनेर अन्य दल ढुक्क हुने स्थिति छैन, अन्य दलमाथि पनि माओवादीले आक्रमण सुरु गरिसकेको छ' बोहोराले भने ।
कार्यक्रममा एमाले उमेदवार तथा केन्द्रीय सदस्य राजेन्द्र पाण्डेले माओवादी उमेदवार शालिकराम जमरकट्टेलले आफूलाई एके ४७ को गोलीले मार्ने धम्की दिएको दावी गरे । उमेदवारको सुरक्षा दिनु राज्यको दायित्व भएको उल्लेख गर्दै पाण्डेले ज्यानको बाजी राखेर भए पनि आफू चुनाव प्रचारमा क्षेत्र जाने जानकारी दिए । चैत १२ गते धादिङको जिवनपुरमा आयोजित एमाले कार्यक्रममा माओवादी कार्यकर्ताले घेराउ तथा आक्रमण गरेपछि प्रहरीले पाण्डे तथा एमाले कार्यकर्तालाई सुरक्षितरुपमा राजधानी ल्याएको थियो ।

दोलखा र सोलुमा माओवादीसँग भिडन्त

आफ्नोन्यूज, चैत १३ गते बुधबार

चरिकोट । दोलखामा एमाले र सोलुखुम्बुमा नेपाली कांग्रेसका कार्यकर्तासँग माओवादी कार्यकर्ताको भिडन्त भएको छ ।
दोलखा जिल्ला च्यामा गाउँ विकास समितिमा एमाले उमेदवार पशुपति चौलागाईसहितको टोलीलाई माओवादी कार्यकर्ताले आक्रमण गर्दा चौलागाईसहित ७ एमाले कार्यकर्ता घाइते भएका छन् । रामेछाप जिल्लासँग सीमा जोडिएको उक्त गाउँमा चैत १३ गते एमालेको चुनावी सभा जारी रहेको बेला माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए । आक्रमणबाट एमाले कार्यकर्ता खगेन्द्र सुनुवार गम्भीर घाइते भएको श्रोतले बताएको छ ।
आजै सोलुखुम्बु जिल्लाको गोरा गाउँ विकास समितिमा माओवादी र नेपाली कांग्रेस कार्यकर्ताबीच भिडन्त भएको सोलुखुम्बुस्थित श्रोतले बताएको छ । श्रोत अनुसार कांग्रेस कार्यकर्ताको गोली प्रहारबाट एक माओवादी कार्यकर्ताको मृत्यु भएको छ ।

बादी बस्तीमा संविधानसभाको चहलपहल भएन

आफ्नोन्यूज, चैत १३ गते बुधबार

वीरेन्द्रनगर । संविधानसभाको निर्वाचन नजिकिंदै जाँदा सदरमुकाम वीरेनद्रनगर नजिकै रहेको लाटिकोइली ९ झुप्राखोला बादी बस्तीमा भने कुनै चहलपहल हुन सकेको छैन । संविधानसभा निर्वाचनको बारेमा आफ्नो समुदायमा कसैलाई पनि जानकारी नभएको समुदायका बासिन्दाको गुनासो छ । २०४२ सालदेखि सो स्थानमा बसोबास गर्दै आएका बादी समुदायका करिब ६० घरपरिवार त्यहाँ रहेका छन् ।'संविधानसभाको बारेमा सुनेको मात्र छु तर कसैले पनी बुझाउन आएका छैनन्' समुदायका जयबहादुर बादीले भने । संविधानसभाले नया“ नेपाल बनाउने भन्छन् त्यहि त होला । अहिलेसम्म देशमा शोषण भएकोले त्यसो हुन नदिन चुनाव गराउन लागिएको उनले बताए । बिहान उठेर ढुङ्गा बालुवा नखोस्रेसम्म साँझबिहान हातमुख जोड्न नपुग्ने भएकोले संविधानसभाको बारेमा केही नबुझेको र बुझाउन पनि कोही नआएको अर्का बासिन्दा जेठिसरा बादिले बताइन् । गाँउमा अहिलेसम्म नेताहरू नत संविधानसभा भनेको के हो भनेर बुझाउन आएका छन् नत भोट माग्न आएका छन्’ उनले भनिन् । संविधानसभाको मिति नजिकिँदै गएको बेला आफ्नो पिछडिएको समुदायमा कोही पनी नआउँदा आफुहरूलाई दुःख लागेको उनले बताइन् । यसअघिका चुनावमा भोट माग्दै घरघर आउने नेताहरूले अहिलेसम्म मुख नदेखाएकोमा अर्का स्थानीय बासिन्दा रामदन बादीको चित्त दुखेको छ । पहिलापहिला नेताहरूले धेरै आश्वासन दिए, तर पुरा गराउन सकेनन, त्यसैले पनी यो पटक अहिलेसम्म मुख देखाएका छैनन् भन्दै उनी भन्छन् 'हामीलाई यो खोलाको किनारबाट जसले मुक्ति दिलाउँछ त्यसैलाई भोट दिन्छौ ।' तीन सय भन्दा बढी मतदाता रहेको सो वस्तीमा मतदाता शिक्षासमेत पुगेको छैन । निर्वाचन आउन दुई हप्ता बाँकी रहदा पनि निवाचनको माहोल बन्न नसक्नुमा दलहरूको कमजोरी रहेको समुदायका अगुवा विष्ण् बादीले बताए । उनले भने 'हामीलाई धेरै पटक भोट वैङ्कको रुपमा प्रयोग गरिन्छ तर नयाँ संविधानसभाको बारेमा बुझाउन कसैले चासो देखाउँदैन । यता जिल्ला निर्वाचन कार्यालय, सुर्खेतले सो वस्तीमा यसअघि मतदाता शिक्षाका लागि सहजकर्ताहरू पठाइएको र त्यस्तो कठिनाई भए फेरि पठाइने जनाएको छ ।

सशस्त्र समूहसंग कुराकानी भइरहेछ-मन्त्री मन्सुर

आफ्नोन्यूज, चैत १३ गते बुधबार

काठमाडौ । वातावरण, विज्ञान तथा प्रविधिमन्त्री फर्मुल्लाह मन्सुरले तर्राईका सशस्त्र समूहसंग वार्ताको वातावण बनाउन कुराकानी अगाडि बढाइएको बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सशस्त्र समूह युद्धविराम घोषणा गरी वार्तामा आउने पक्कापक्की भइसकेको बताए ।
'ज्वाला, गोइतलगायतका समूहसंग कुराकानी भइरहेछ,' बारा क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका मन्सुरले भने,'युद्धविराम गर्ने प्रतिवद्धतासहित वार्तामा आउने टुंगो लागिसकेको छ ।' वार्ताको मिति छिट्टै तोकिने पनि उनको भनाई थियो ।

चिट चोर्न नपाएपछि इनरुवामा कर्फर्यु

आफ्नोन्यूज, चैत १३ गते बुधबार

इनरुवा । एसएलसी परिक्षाको चिटको बिषयलाई लिएर बजार तनाव ग्रस्त बनिरहेकै बेला माओवादी अध्यक्ष प्रचण्डको गाडीले स्थानीय बासिन्दालाई ठक्कर दिएपछि स्थिति झन् बिग्रिएको छ । १३ चैतमा स्थिति अनियन्त्रित हुन नदिन प्रशासनले कर्फयु आदेश जारी गरेको छ ।
घटनामा आधा दर्जन भन्दा बढी घाइते भएका छन् । पाहाडे विद्या्र्थी लाई मात्र चिट चोर्न दिई मधेशी विद्यार्थीलाई कर्डाई गरेको भन्दै स्थानीय मधेशी युवा र मगर समुदायका केही युवाबीच भनाभन चलिरहेको बेला प्रहरीले लाठी चार्ज गरेपछि फोरम सर्मथक युवाले इनरुवा बजार बन्द गराउदै गर्दा स्कटीगँ सहित आएको माओवादी अध्यक्ष प्रचन्ड सवार बा १ च् ४५५६ नं.को गाडीले अचानक ठक्कर दिएपछि घाइते भएका हुन् ।
यद्यपि स्थानीय बासिन्दाले सो गाडी बिना बिभागिय मन्त्री सुजता कोइरलाको भएको दावी गरेका छन् भने केहीले सो गाडी माओवादी अध्यक्ष प्रचन्ड सवार भएको गाडी भएको दाबी गरेका छन् । तर प्रहरीले भने सो गाडी माओवादी अध्यक्ष प्रचन्ड सवार गाडी संगै आएका माओवादी कार्यकर्ताहरुको भएको बताएका छन् । प्रहरी उपरिक्षक यादवराज खनालका अनुसार माओवादी अध्यक्ष सिराहाको कार्यक्रममा जान लागेको बेला सो घटना हुन पुगेको हो । यसै बिच सो ठोक्करको घटनालाई लिएर फोरम र सदभवनाका कार्यकर्ता दिनभर इनरुवा बजार तनाव ग्रस्त बनाएका थिए ।
यता प्रर्दशनकारीले इनरुवा चौकमा रहेको ट्राफिक प्रहरी बिटमा आगजानी गरिदिएका छन् ।

Tuesday, March 25, 2008

निर्वाचनमा सुरक्षाको जिम्मा स्थानीय निकायलाई

आफ्नोन्यूज, चैत १२ गते मंगलबार

पाँचथर । गृहमन्त्री कृष्णप्रसाद सिटौलाले देशमा युगान्तकारी परिवर्तनका लागि हुन लागेको संविधानसभा निर्वाचनमा एकआपसमा सहमति र समझादारीको पालना गर्नु आवश्यक रहेको बताउनुभएको छ । फिदिममा आज आयोजित र्सवदलीय छलफल कार्यक्रममा उहाँले भोलि सबै मिलेर संविधान बनाउनुपर्ने भएकाले यसमा कसैको पनि हार नहुने उल्लेख गर्दै निर्वाचनमा मतदाताहरुले स्वतन्त्र रुपमा मतदान गर्ने अधिकारको सुनिश्चितताले मात्र वास्तविक लोकतन्त्रको आधार बलियो हुने दावी गर्नुभयो । दलका नेताहरुले गाउँमा अझै पनि जनतामा त्रासको स्थिति कायम रहेको जनगुनासो उठाएपछि मन्त्री सिटौलाले सुरक्षाको सम्पुर्ण जिम्मा स्थानीय रुपमा नै प्रमुख जिल्ला अधिकारीलाई दिइएको बताउनुभयो ।

नेपालद्वारा पाकिस्तान पराजित

आफ्नोन्यूज, चैत १२ गते मंगलबार

पोखरा । नेपाल र पाकिस्तानबीच भएको मैत्रीपूर्ण फटबल प्रतियोगितामा नेपाल विजयी भएको छ । १२ चैतमा पोखरामा भएको प्रतिष्पर्धामा शुरुमा एक गोलले पछाडि परेको नेपाल खेलमा फर्किएर विजयी भएको हो ।
नेपालका लागि भरत खवासले बराबरी गोल गरेका थिए भने विजयी गोल अनिल गुरुङले गरे । राम्रो फर्ममा रहेका गुरुङले गृहनगर पोखराका दर्शकलाई खुशी बनाउदै सानदार गोल गरे ।
लामो समयपछि नेपाली राष्ट्रिय टोलीले अन्तराष्ट्रिय प्रतिष्पर्धा गरेको छ ।

माओवादी र जनमोर्चाबीच चुनावी तालमेल

आफ्नोन्यूज, चैत १२ गते मंगलबार

काठमाडौ । नेकपा माओवादी र जनमोर्चा नेपालबीच संविधानसभा निर्वाचनमा तालमेल गर्ने सहमति बनेको छ । १२ चैतमा बनेको सहमति अनुसार चितवन, सिन्धुली, महोत्तरी, सिराहा, सर्लाही, झापा, गोरखा, काठमाडौं र रोल्पामा तालमेल गर्ने सहमति बनेको हो ।
दुवै दलका प्रमुख नेताको बैठक बसी सहमति बनेपछि चितवनमा जनमोर्चा अध्यक्ष अमिक शेरचन र माओवादी वरिष्ठ नेता रामबहादुर थापा बादललाई एक अर्को दलले सघाउने छन् । सिन्धुलीमा सीपी गजुरेल र लिलामणि पोखरेललाई सघाउने र महोत्तरीमा गिरिराजमणि पोखरेललाई छाडिदिने बताइएको छ ।
वाम तालमेलमा जोड दिदै आएको माओवादी र जनमोर्चाबीच तालमेलको सहमति बनेपनि प्रमुख वाम दल एमालेले भने वाम तालमेलमा असहमित जनाइसकेको छ ।

'हल्ला नमच्चाउ'

आफ्नोन्यूज, चैत १२ गते मंगलबार

काठमाडौ । भारतबाट हतियार आएको भनेर माओवादीले हल्ला मच्चाउनुले चुनावको वातावरण बिग्रन सक्ने दावी शान्ति तथा पुनर्निर्माण मन्त्री रामचन्द्र पोडेलले गरेका छन् । 
शान्ति तथा पुनर्निर्माण मन्त्री रामचन्द्र पौडेलले भारतबाट हतियार आएको भनेर माओवादीले बढाइचढाइ हल्ला मच्चाएको तथा माओवादीको यो प्रवृतिले चुनावको वातावरण बिग्रनसक्ने बताएका छन् । राजधानीमा चैत १२ गते आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भारतबाट हतियार आए/नआएबारे आफूलाई थाहा नभएको उल्लेख गरे । चैत ११ गते राती भारतबाट ४० ट्रक हतियार भित्रिएको भन्दै माओवादी कार्यकर्ताहरुले भारतीय नम्बरका केही ट्रकलाई बुटबलमा नियन्त्रणमा लिएका थिए ।
मन्त्री पौडेलले केही दिनमै तराईका सशस्त्र समूहसँग वार्ता सुरु हुने पनि कार्यक्रममा जानकारी दिए ।

आवश्यक परेमा चुनावमा सेना परिचालन हुनसक्ने

आफ्नोन्यूज, चैत १२ गते मंगलबार

धनगढी । नेपाली काङ्ग्रेसका नेता एवम् पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विगतका कतिपय निर्वाचनहरुमा सेना परिचालन भएकोले आवश्यक परेमा संविधानसभाको चुनावमा पनि नेपाली सेना परिचालन हुनसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलालीद्वार आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेता देउवाले पत्रकारहरुको प्रश्नमा राजालाई फालेर अन्य कुनै अधिनायकवाद आफूहरुलाई स्वीकार्य नहुने बताउनुभयो । उहाँले माओवादीको नेतृत्वले शिर्स नेताहरुको बैठकमा कार्यकर्ताबाट जबरजस्ती, कुटपिटजस्ता घटना हुन नदिने सहमति एवम् प्रतिबद्धता गर्छन तर सो प्रतिबद्धताबमोजिम उनका कार्यकर्ताहरुको व्यवहार नसच्चिएको उल्लेख गर्नुभयो । पत्रकार सम्मेलनमा नेता देउवाले सदूरपश्चिमका सबै २१ वटै निर्वाचन क्षेत्रमा नेपाली काङ्ग्रेसका उम्मेदवारको विजय सुनिश्चित रहेको दावी समेत गर्नुभयो । उहाँ चुनावी प्रचारप्रसार अभियान सञ्चालनका लागि आज आफ्नो गृह जिल्ला डडेल्धुरातर्फ जानु भएको छ । झन्डै एक हप्ताअघि डडेल्धुरामा भएको चुनावी सभामा केही काङ्ग्रेस कार्यकर्ताको गाडी दुर्घटनामा परी निधन भएपछि, नेता देउवा तत्कालका लागि चुनावी प्रचार अभियान स्थगित गरेर काठमाडौँ फर्किनुभएको थियो ।

चुनाव बिथोल्न हतियार भित्राइएको हो- बादल

आफ्नोन्यूज, चैत १२ गते मंगलबार

काठमाडौ । नेकपा माओवादीका वरिष्ठ नेता रामबहादुर थापा बादलले चुनाव बिथोल्ने उद्येश्यका साथ भारतबाट हतियार भित्राइएको आरोप लगाएका छन् । १२ चैतमा रिपोर्र्टर्स क्लब नेपालद्वारा चितवनमा आयोजित नेतासंग जनताको साक्षात्कार कार्यक्रममा उनले चुनावको मुखमा सरकारमा रहेका आफ्नो दलको सहमतिविना हतियार ल्याउनुले रहस्य जन्माएको बताए ।
'चुनावको मुखमा सरकारले सहमतिविना किन हतियार ल्यायो ?' चितवनबाट संविधानसभा सदस्यका लागि उम्मेदवार बनेका बादलको प्रश्न थियो,' चुनाव बिथोल्ने उद्येश्यले हतियार भित्राइएको आशंका गर्न सकिन्छ ।' हतियार भित्राइएकोबारे प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री कृष्णप्रसाद सिटौलाले स्पष्ट जवाफ दिनुपर्ने बताए । नयां राष्ट्रिय सुरक्षा नीति नबनाई हतियार भित्राउन नपाइने उनको जिकिर थियो ।

षडयन्त्र रोक्न चुरे भावरले आन्दोलन गर्ने

आफ्नोन्यूज, चैत १२ गते मंगलबार

भद्रपुर । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका केन्द्रीय अध्यक्ष केशवप्रसाद मैनालीले नेपालको राष्ट्रिय एकता र अखण्डताको संरक्षण, गैर नेपालीले लिएको नागरिकता खारेज गर्न र तर्राई विखण्डन गर्नेजस्ता षडयन्त्र रोक्न आफ्नो दलले सडकदेखि सदनसम्म आन्दोलन गर्ने उद्देश्यले संविधानसभाको निर्वाचनमा भाग लिएको बताउनुभएको छ ।

उक्त दलद्वारा झापाको विर्तामोडमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले आफ्नो दलले तर्राईका आदिवासी, जनजाति, दलित, उत्पीडित, पिछडिएका वर्ग र अन्य जातिको अस्तित्व रक्षाका लागि कार्य गर्ने बताउँदै सीमा सुरक्षाका लागि नेपाल-भारतबीच खुल्ला आवत-जावत रोक्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।कार्यक्रममा सो पार्टीको केन्द्रीय सचिव बद्री न्यौपानेले आफ्नो दलले संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १३ जिल्लामा तीन महिलासहित २२ जना र समानुपातिकतर्फ२२ महिलासहित ४३ जना उम्मेदवार उठाएको जानकारी दिनुभयो

टाइगर कार्यकर्ता पक्राउ

आफ्नोन्यूज, चैत १२ गते मंगलबार

बुटवल । मधेशी मुक्ति टाइगर रुपन्देहीका कमाण्डरसहित चारजनालाई वाइसीएलले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ । रुपन्देहीको सूर्यपुराका गाविस सचिवसंग चन्दा मागिरहेको अवस्थामा टाइगर कमाण्डर सुरेन्द्र केवट, भारतीय नागरिक मोहन मल्लाह र शिवजी चौहानलाई आइतबार दिउसो र विष्णु यादवलाई गए राति नियन्त्रणमा लिएको वाईसीएल रुपन्देहीका अध्यक्ष सुजितले बताएका छन् ।
उनीहरु चारैजनालाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएपनि अनुसन्धान बाकी रहेको भन्दै प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरुमध्ये विष्णु यादवले कमाण्डर सुरेन्द्रबाट ५ हजार रुपिया लिएर खडवा वनगाईका गाविस उपाध्यक्ष सत्यनारायण यादवलाई हत्या गर्ने योजनामा रहेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ । पक्राउ परेकाहरुले गत फागुन १८ गते सूर्यपुरामा कांग्रेस महासमिति सदस्य गोकर्ण कंडेलको हत्या आफूहरुले गरेको स्वीकार गरेको बताईएको छ । कंडेलको हत्याको जिम्मा जनतान्त्रिक तर्राई मुक्ति मोर्चा गोइत समूहले लिएको थियो । त्यसअघि सूर्यपुरामै एक लाहुरेको पनि अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।

रुम्जाटार गाविस पुर्णरूपमा सञ्चारविहीन

आफ्नोन्यूज, चैत १२ गते मंगलबार

ओखलढुङ्गा । ओखलढुङ्गाको रुम्जाटार गाविस गत एक सातादेखि पुर्णरूपमा सञ्चारविहीन बन्न पुगेको छ ।यसअघि टेलिफोनमा कुरा गर्दागर्दै बीचमै लाइन काटिने र स्पष्टसँग नसुनिने भएकोमा हाल सम्पुर्ण लाइन काटिएको छ ।टेलिफोन बिग्रिएबाट रुम्जाटारलगायत ग्रामीण क्षेत्रका जनतालाई ठूलो समस्या भएको छ ।टेलिफोन नचलेका कारण विशेषगरी हवाइयात्रुहरू बढी प्रभावित भएका छन् । यहाँबाट काठमाडौँ जानका लागि विमानको टिकट काटेका यात्रुहरू विमान आउने, नआउने कुनै जानकारी प्राप्त हुननसकेपछि रुम्जाटारमै बस्न बाध्य भएको उनीहरू बताउँछन् ।यससम्बन्धमा जिज्ञासा राख्दा नेपाल टेलिकम, ओखलढुङ्गाका प्रमुख मानबहादुर अधिकारी भन्नुहुन्छ-रुम्जाटार एक्सचेन्जको रिसिभर टावर र ट्रान्सफर प्रिक्वेन्सी बिग्रिएकाले सो समस्या उत्पन्न भएको हो, सोको मर्मतका लागि क्षेत्रीय कार्यालयलाई अनुरोध गरिसकिएकाले एक दइ दिनभित्रै सञ्चालनमा आउनेछ ।रुम्जाटारमा ५०० टेलिफोन लाइनमध्ये हालसम्म १४५ वटा लाइन सञ्चालनमा छन् भने अन्य लाइन वितरण भएको छैन । जिल्ला सदरमुकाम ओखलढुङ्गामा ५०० लाइनमध्ये हाल २०७ वटा लाइन सञ्चालनमा रहेको बताइएको छ ।

Monday, March 24, 2008

आनन्दीदेवीको मुद्दाको सुनुवाइ जारी

आफ्नोन्यूज, चैत १२ गते मंगलबार ( बिहान ९:३० बजे )

काठमाडौ । संविधानसभा चुनावबाट वञ्चित गराएको भन्दै नेपाल सद्भावना पार्टी आनन्दीदेवीले सर्वोच्चमा दायर गरेको मुद्दाको हिजोदेखि भएको सुनुवाइ आज विहान ११ बजेदेखि फेरी हुने भएको छ ।
अस्ती नै सुनुवाइ हुने पेशी तोकिएपनि पनि मुद्दाको चापका कारण हिजोदेखि सुनुवाइ सुरूभएको हो ।
निर्वाचन आयोगले चुनावको आधिकारिकता सद्भावना आनन्दीदेवीको गुप्ता समुहलाई दिएपछि सिंह समूहले सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।
सुनुवाइ आज दामोदर श्रेष्ठ र कल्याण श्रेष्ठकोसयूक्त इजलासमा हुनेछ । मुद्दामा आनन्दीदेवी सिंह पक्षधरले सरकार, निर्वाचन आयोग र गुप्ता समूहलाई विपक्षी बनाइएको छ ।

चीट चोराउनेलाइ सार्वजनिक मुद्दा

आफ्नोन्यूज, चैत १२ गते मंगलबार ( बिहान ९:३० बजे )

काठमाडौ । एसएलसी परीक्षामा अनियमितता गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले र्सार्वजनिक अपराध अर्न्तर्गतको मुद्दा चलाउने भएको छ ।
लग्दहवा निमाविका प्रधानअध्यापकसहित २ जनालाई र्सार्वजनिक अपराध अर्न्तर्गतको मुद्दा दायर गर्न लागिएको हो ।
महेन्द्र उच्च माध्यमिक विद्यालयको परीक्षाा केन्द्रमा आफ्ना छोरालाई गणीत विषयको चिट चोराउंदै गरेका प्रधानाध्यापक दिपक चेम्जोङ्गलाई हिंजो प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।
लक्ष्मी उच्चमावि परीक्षा केन्द्रमा कुन्तिकुमारी चौधरीको नाममा परीक्षा दिंदै गरेकी दुर्गा श्रेष्ठलाई यसअघि प्रहरीले पक्राउ गरको थियो ।
प्रधानअध्यापक चेम्जोङ्ग र श्रेष्ठलाई र्सार्वजनिक अपराध अर्न्तर्गत मुद्दा दायर गर्न लागिएको हो भने चौधरीलाई २ वर्षसम्मका लागि परीक्षा दिनबाट वञ्चित गराइएको जिल्ला शिक्षा अधिकारी चुडामणी पौडेलले बताउनु भएको छ ।
अहिलेसम्म जिल्ला शिक्षा कार्यालयलले परीक्षामा अनियमितता गर्ने १२ निरिक्षकहरूलाई कारवाही गरिसकेको छ भने ७ विद्यार्थीको अनियमितता गरेको दिनको उत्तरपुस्तिका रद्द गरिएको र ८ जना विद्यार्थिलाई नसिहत दिइएको जनाएको छ ।
दावी-विरोधका निवेदनमाथि जाँचबुझपछि चैत १९ गते बन्दसूचिका उम्मेद्वारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम छ ।

दावी विरोधको निणर्य आज

आफ्नोन्यूज, चैत १२ गते मंगलबार ( बिहान ९:३० बजे )

काठमाडौ । संविधान सभा चुनावको कार्यतालीका अनुसार निर्वाचन आयोगले आज बन्द सूचीमा समावेश उम्मेदवारहरूको योग्यतासम्वन्धी दावी-विरोधको अन्तिम निर्णर्य गर्ने भएको छ ।
हिजो सम्म परेका निवेदन माथी आज जाँचबुझ र छानवीन गरेपछि उम्मेद्वारको योग्यता सम्बन्धि अन्तिम निर्णर्य गर्ने आयोगले जनाएको छ ।
यसअघि निर्वाचन आयोगमा वन्दसूचीमा समावेश भएका उम्मेदवारको दावी विरोध गर्नका लागि चैत ५ गतेसम्मको म्याद तोकिएको थियो ।
दावी-विरोधका निवेदनमाथि जाँचबुझपछि चैत १९ गते बन्दसूचिका उम्मेद्वारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम छ ।

माओवादीद्वारा विद्रोहको चेतावनी, एमालेद्वारा आपत्ती

आफ्नोन्यूज, चैत ११ गते सोमबार ( साँझ ५:३० बजे )

ललितपुर । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संविधानसभा निर्वाचनविरुद्ध षड्यन्त्र भए विद्रोह गर्ने चेतावनी दिएका छन् । ११ चैतमा ललितपुरमा आयोजित चुनावी सभामा बोल्दै उनले देशी विदेशीबाट चुनावमाथि षड्यन्त्र भएको बताए ।
चुनाव कुनै हालतमा सफलताका साथ सम्पन्न गर्नुपर्नेमा जोड दिदै अन्यथा जनविद्रोहको विकल्प नभएको बताए । माओवादीको पक्षमा जनलहर देखेर गणतन्त्रविरोधीहरु आत्तिएको प्रचण्डको भनाई थियो ।
माओवादीको विद्रोह गर्ने चेतावनीप्रति एमालेले आपत्ती जनाएको छ । एमाले महासचिव माधवकुमार नेपालले काठमाडौंको सांखुमा आयोजित चुनावी सभामा बोल्दै व्रि्रोहमा जान खोजे माओवादी कार्यकर्ताले नै साथ नदिने दाबी गरे । उनले भने,'रोल्पाका हुन् या अन्य स्थानका माओवादी कार्यकर्ताको जिम्मा म लिन्छु, विद्रोहमा जानुपर्दैन ।' माओवादीलाई उनकै नेता कार्यकर्ताले छाड्न थालेको नेपालको भनाई थियो ।

ओलीमाथि माओवादी आक्रमण

आफ्नोन्यूज, चैत ११ गते सोमबार ( बेलुकी ९:०० बजे )

झापा । ननेकपा माओवादीका कार्यकर्ताले एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीमाथि आक्रमण गरेका छन् । ११ चैतमा झापाको भद्रपुरमा आयोजित चुनावी सभामा सहभागी हुन जान लागेका ओली चढेको सवारीमाथि ढुंगामुढा गरी क्षति पुर्‍याएका हुन् ।
आक्रमणबाट गाडीको सिसा फुटेको छ । उनी सभास्थल पुगेपछि पनि माओवादी कार्यकर्ताले नारावाजी गरेका थिए । द्विपक्षीय झडपको स्थिति बढेपछि कार्यक्रम बिथोलिएको छ । कार्यक्रम बिथोलिएपछि संचारकर्मीसंग कुरा गर्दै नेता ओलीले माओवादीको 'अराजक' क्रियाकलापका कारण चुनावी तालमेल हुननसकेको बताए । उनले माओवादीलाई अझै हिंसामा विश्वास राख्ने शक्तिका रुपमा टिप्पणी गरे ।
माओवादीका विषयमा कडा टिप्पणी गर्दै आएका ओलीमाथि भएको पछिल्लो आक्रमण सात दलबीच एक अर्काका कार्यक्रममा अवरोध नपुर्‍याउने र आक्रमण नगर्ने सहमति भएकै दिन भएको हो ।

चुनाव शान्तिपूर्ण गर्ने सहमति

आफ्नोन्यूज, चैत ११ गते सोमबार ( साँझ ५:३० बजे )

काठमाडौ । सत्तारुढ ६ दलको बैठकले दलहरुको कार्यक्रममा कुनै दलले अवरोध नपुर्याउने तथा संविधानसभा चुनाव शान्तिपूर्णरुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । 
सत्तारुढ ६ दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टीको प्रतिनिधित्व नरहेको चैत ११ गते सम्पन्न बैठकले एक दलले अर्को दलको चुनाव प्रचार कार्यक्रमलाई अवरोध नपुर्याउने तथा चुनाव शान्तिपूर्णरुपमा सम्पन्न गर्ने निर्णय गरेको बाम मोर्चाबाट बैठकमा सहभागी सिपी मैनालीले बताए । 'माओवादी अध्यक्ष प्रचण्डले समेत यसमा प्रतिवद्धता जनाउनुभएको छ' संचारकर्मीहरुसँग मैनालीले भने । ६ दलले प्रतिबद्धतापत्र समेत तयार गरेका छन्, जुन केही बेरमै सार्वजनिक हुँदैछ । सार्वजनिक हुने प्रतिबद्धतापत्रमा सातै दलका नेताहरुको हस्ताक्षर हुने जनमोर्चा नेता घनश्याम शर्मा पौडेलले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, एमाले महासचिव माधवकुमार नेपाल, माओवादी अध्यक्ष प्रचण्ड, जनमोर्चाका घनश्याम शर्मा पौडेल, सदभावनाका श्यामसुन्दर गुप्ता र बाम मोर्चाका सिपी मैनालीलगायतका नेता सहभागी थिए ।

माओवादी र राप्रपा नेपालका कार्यकर्ताबीच झडप

आफ्नोन्यूज, चैत ११ गते सोमबार ( साँझ ५:३० बजे )

पोखरा । नेकपा माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का कार्यकर्ताबीच झडप भएको छ । ११ चैतमा पोखरामा राप्रपा नेपालले सभा आयोजना गरिरहंदा माओवादी कार्यकर्ताले नारावाजी गरेपछि झडप भएको हो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्रको वकालत गरिरहदा माओवादीले एक्कासी नारावाजी गर्न थालेपछि झडप भएको हो । राप्रपा नेपालका कार्यकर्ता माओवादीविरुद्ध उत्रिएपछि स्थिति तनावग्रस्त भएको थियो । तनाव बढ्न नदिन प्रहरीले कडा सुरक्षा दिएको छ ।

राजसंस्था बचाउन कांग्रेसीको अपिल

आफ्नोन्यूज, चैत ११ गते सोमबार ( साँझ ५:३० बजे )

नेपाली कांग्रेसका असन्तुष्ट नेताहरुले मुलुकको अखण्डता र राष्ट्रियताका लागि राजसंस्था आवश्यक भएको भन्दै अतिवादको दबाबमा नपर्न आग्रह गरेका छन् । ११ चैतमा पूर्वसभामुख तानानाथ रानाभाटसहित १९ जना कांग्रेस नेताहरुले विज्ञप्तिमार्फत आत्मनिर्णयसहितको स्वायत्त प्रदेशले मुलुक बिखण्डन हुने खतरा औल्याएका छन् ।
संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नेहरुमा रानाभाटसहित पूर्वमन्त्रीहरु विपिन कोइराला, ओमकार श्रेष्ठ, मार्शलजुलुम शाक्य, दीनबन्धु अर्याल, कांग्रेस नेताहरु शिवबहादुर खड्का, अकबरबहादुर सिंह, अनारसिंह कार्कीलगायत छन् । उनीहरुले जननायक वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति झन् सान्दर्भिक भएको र कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टर्राईको राजसंस्थाको पक्षमा आएको अडानप्रति
ऐक्यवद्धता जनाएका छन् ।
'संवैधानिक राजसंस्था वा गणतन्त्र, एकात्मक वा संघीय राज्य प्रणाली, हिन्दु राज्य वा धर्म निरपेक्षता जस्ता दूरगामी असरपर्ने राष्ट्रिय प्रश्नहरुमा जनभावनाको यथार्थ आंकलन नगरी केही दल विशेषका केही नेताहरुका कपटपूर्ण दबाबले निर्णयमा पुगिसकेको दम्भ प्रदर्शन जनताको ठाडो अपमान हो र राष्ट्रिय हितको उपेक्षा हो भन्ने हामीलाई लागेको छ,' विज्ञप्तिमा भनिएको छ । सबै शक्ति र विचारलाई समानरुपले खेल्ने अवसर दिनुपर्नेमा उनीहरुको जोड छ । उनीहरुले अगाडि भनेका छन्,'सबैखाले अतिवादको बाघपञ्जाबाट मुलुकलाई जोगाउन र राष्ट्रको सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र एकतालाई बचाउन पूर्ण प्रजातान्त्रिक पद्धतिको निर्माणका लागि बिबेक र निष्ठापूर्वक अग्रसरहुन अपिल गर्दछौं ।'
मातृ दल बहुलवादसहितको संघात्मक लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णयमा पुगिसक्दा असन्तुष्ट पक्षले चुनावको मुखैमा राजसंस्थाको वकालत गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

मुटुरोगसम्बन्धमा गोष्ठी

आफ्नोन्यूज, चैत ११ गते सोमबार ( साँझ ५:३० बजे )

काठमाडौ । नेपालमा मुटुरोगसम्बन्धमा भएका प्रगति, त्यसका विविध पक्ष तथा चुनौतीबारे विस्तृत छलफल गर्न आयोजित 'नेपालमा कोरोनरी इन्टरभेन्सन कार्डियोलोजी' विषयक चिकित्सकीय गोष्ठी हिजो यहाँ सम्पन्नभयो ।नर्भिक इन्टरनेसनल हस्पिटल तथा सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको संयुक्त आयोजनामा सम्पन्न सो गोष्ठीमा सयभन्दा बढी हृदयरोग विशेषज्ञ र इन्टरभेन्सनल कार्डियोलोजिस्टको सहभागिता थियो ।गोष्ठीमा अतिथिवक्ता सरोका युनिभर्सिटी मेडिकल सेन्टर, इजरायलका वरिष्ठ इन्टरभेन्सनल कार्डियोलोजिस्ट एवम् कार्डियोलोजी विभागका निर्देशक प्रा.डा.रुवेन इलियाले इजरायलमा विगतमा सफलतापूवक सम्पन्न गरिएका अत्यन्त जटिल हृदयाघातको उपचारसम्बन्धमा प्रकाश पार्नुभयो ।नर्भिक हस्पिटलका निर्देशक डा.महावीरकृष्ण मल्लले इजरायलजस्तो प्रविधिसम्पन्न र विकसित देश तथा नेपालजस्तो विकासोन्मुख देशबीच चिकित्सकीय प्रविधि र विज्ञानका क्षेत्रमा सहयोगको आदान­-प्रदान जरुरी भएको बताउनुभयो ।
सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक डा.भगवान कोइरालाले केन्द्रले मुटुरोगसम्बन्धमा हासिल गरेका सफलताबारे उल्लेख गर्नुभयो ।नेपालका लागि इजरायलका राजदूत डान स्टाभले नेपाल र इजरायलबीच भविष्यमा चिकित्सकीय सहयोग आदान-प्रदानका लागि प्रयास गरिने बताउनुभयो ।सो अवसरमा दुबै अस्पतालका हृदयरोग चिकित्सकहरू डा.शेखर राजभण्डारी, डा.जेपी जैसवाल, डा.हिमांशु नेपाल, डा.अरुण मास्के र डा.भरत रावतले हृदयाघातको उपचारमा एन्जियोप्लास्टी तथा स्ट्रन्ट प्रत्यारोपणसम्बन्धी विविध एवम् तथ्यपरक अध्ययन प्रस्तुत गर्नुभएको थियो ।

Sunday, March 23, 2008

रेडियो आचारसंहिता लागू

आफ्नोन्यूज, चैत १० गते आईतबार ( साँझ ६:३० बजे )

काठमाडौ । रेडियोसम्बन्धि विभिन्न तीन संघसंस्थाले संविधानसभा निर्वाचनसम्बन्धि आचारसंहिता लागू गरेका छन् । १० चैतमा रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी सामुदायिक रेडियो प्रसारक संघ नेपाल, ब्रोडक्रास्टिङ एसोसिएसन अफ नेपाल र काठमाडौं उपत्यका एफएम प्रसारक मञ्चले संयुक्त रुपमा आचारसंहिता लागू गरेका हुन् ।
आचारसंहितामा घोषणापत्र प्रसारणका लागि तथा निर्वाचनसम्बन्धि दृष्टिकोण प्रष्ट पार्नका लागि प्रसारणमा समान अवसर दिने, सत्यतथ्यमा आधारित भएर मात्र निर्वाचनसम्बन्धि समाचार प्रसारण गर्ने, निर्वाचनको क्रममा विभिन्न जाति, धर्म, लिंग, वर्ण, संस्कृति, भाषा, क्षेत्र र सम्प्रदायका बीचमा आपसी सदभाव बढाउन अभिप्रेरित गर्ने खालका सन्देश प्रसारण गर्नेलगायतका बुंदा समावेश छन् ।

हत्या/हिंशा रोक्ने सहमति

आफ्नोन्यूज, चैत १० गते आईतबार ( साँझ ६:३० बजे )

काठमाडौ । प्रधानमन्त्री र एमाले नेताहरुबीचको छलफलले हत्या/हिंशा रोक्न राजनीतिक पहल गर्ने तथा सुरक्षा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र एमाले महासचिव माधवकुमार नेपालबीचको भेटवार्ता छिटै सात दलको बैठक गर्ने निश्कर्ष निकालेर सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा चैत १० गते दिउँसो भएको दुई नेताबीचको भेटमा संविधानसभा चुनावको प्रचारका क्रममा भएका हत्या/हिंशा रोक्न राजनीतिक पहल गर्ने तथा सुरक्षा स्थिति सुदृढ बनाउने सहमति भएको एमाले स्थायी समिति सदस्य भरतमोहन अधिकारीले बताए । करिव एक घण्टासम्म चलेको भेटवार्तामा एमालेबाट महासचिव नेपाल, अधिकारी तथा स्थायी समिति सदस्य अमृतकुमार बोहोरा सहभागी थिए भने प्रधानमन्त्रीसँग गृहमन्त्री तथा नेपाली कांग्रेस कृष्णप्रसाद सिटौला उपस्थित थिए ।
नेताहरुबीचको छलफलमा संविधानसभा चुनावको आयोजनामा सातै दलले सामूहिक जिम्मेवारी लिने स्थिति निर्माण गर्नुपर्ने कुरा उठेको एमाले स्थायी समिति सदस्य अमृतकुमार बोहोराले बताए । चुनाव आयोजनाको जिम्मेवारी सामूहिकरुपमा लिन सात दलको बैठक गरिनलागेको पनि उनको भनाइ थियो । बोहोराका अनुसार, सात दल बैठक बोलाउने जिम्मेवारी प्रधानमन्त्रीलाई दिइएको छ । छलफलमा दलहरुबीच बिगतमा भएका भिडन्तका घटनाहरुको बिश्लेषण गर्ने र कमजोरी पत्ता लगाएर आगामी दिनमा त्यस्ता कमजोरी नदोहोर्याउने निश्कर्ष निकालिएको पनि अधिकारीले जानकारी दिए ।
आजै बिहान प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो ।

झन्डाको विषयलाई लिएर गोली प्रहार

आफ्नोन्यूज, चैत १० गते आईतबार ( दिउँसो ४:०० बजे )

लहान । झन्डाको विषयलाई लिएर सिरहामा एक जनाले चलाएको गोली लागी नेपाली काङ्ग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् ।सिरहा जिल्लाको क्षेत्र नं. ५ अर्न्तर्गत पर्ने प्रयागपुर चोकमा गाडेको नेपाली काङ्ग्रेसको झन्डा उखेल्न खोज्दा भएको विवादमा स्थानीय जग्गु साहले चलाएको गोलीको र्छरा लागी घाइते हुनेहरूमा नेपाली काङ्ग्रेसका कार्यकर्ताद्वय रामपुर विर्ता गाविस, वडा नं. ३ का अमोध यादव र कर्जनाहा गाविस, वडा नं. ३ का घोघरा सदा भएको थाहाभएको छ । घाइतेहरूको दाहिने कुममा र्छरा लागेको र अहिले लहानस्थित नर्सिङ्ग होममा उपचार भइरहेको छ । तर्राई जनतान्त्रिक मुक्तिमोर्चा -विस्फोट सिंहका कार्यकर्ता जग्गु साहले सो झन्डा उखेल्न खोज्दा नेपाली काङ्गे्रसका कार्यकर्ताले उखेल्न नदिएपछि साहले गोली चलाएको स्थानीय प्रदीपकुमार मण्डलले सञ्चारकर्मीलाई बताए ।

माओवादीद्वारा नेविसंघ महामन्त्री अपहरण

आफ्नोन्यूज, चैत १० गते आईतबार ( दिउँसो ३:०० बजे )

रोल्पा । नेकपा माओवादीका कार्यकर्ताले नेपाल विद्यार्थी संघका महामन्त्री मनोजमणि आचार्यसहित कांग्रेस कार्यकर्ताको अपहरण गरेका छन् । १० चैतमा चुनाव प्रचार प्रसारका लागि थवाङ पुगेका उनीहरुलाई हतियारसहित आएका माओवादीले अपहरण गरेका हुन् ।
माओवादीले आक्रमण गर्न थालेपछि रोल्पा क्षेत्र नं १ का नेपाली कांग्रेसका उम्मेदवार माधव आचार्यसहितका केही कार्यकर्ता भने भागेर सदरमुकाम आएका छन् । उनीहरुले अपहरणबारे जानकारी गराएका थिए । नेविसंघ महामन्त्री मनोजमणिको अवस्था अज्ञात छ ।
अपहरणमा परेका आचार्यको स्थिति अज्ञात छ । माओवादीले पछिल्लो समयमा अन्य दलका नेता कार्यकर्तालाई अपहरण गर्ने शृखंला चलाइरहदा आचार्यको अपहरण गरेका हुन् ।

चुनाव सफल बनाउन प्रधानमन्त्रीको आह्वान

आफ्नोन्यूज, चैत १० गते आईतबार ( दिउँसो ३:०० बजे )

काठमाडौ । संविधानसभा चुनावले परिवर्तनको ढोका खोल्ने भएकाले चुनाव सफल बनाउन प्रधानमन्त्रीले आह्वान गरेका छन् ।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधानसभा चुनाव सफल बनाउन संचारकर्मीमार्फत देशवाशीलाई आह्वान गरेका छन् । चैत ९ गते संचारकर्मीका लागि निवास बालुवाटारमा आयोजित भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले संविधानसभा चुनाव गरेर देखाउन नसके अन्तराष्ट्रिय समुदायबीच नेपालको साख गिर्ने उल्लेख गरे । संविधानसभा चुनाव सम्पन्न गरेर द्वन्द्व समाधान गरी संसारलाई देखाउनुपर्ने पनि प्रधानमन्त्रीले कार्यक्रममा बताए ।
प्रधानमन्त्रीले राष्ट्र अहिले परिवर्तनको संघारमा रहेको उल्लेख गर्दै संविधानसभा चुनावले परिवर्तनको ढोका खोल्ने बताए । कार्यक्रममा उनले सत्तारुढ सात दलको एकता आगामी दश वर्षम्म कायम रहनुपर्ने दोहोर्याए । आफ्नो पार्टी नेपाली कांग्रेसको पक्षमा चुनाव प्रचार गर्न चैत ११ गतेदेखि जिल्लाहरु जाने प्रधानमन्त्रीको कार्यक्रम रहेको बालुवाटार श्रोतले बताएको छ । बालुवाटारमा आयोजित आजको कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पनि बोलेका थिए ।

प्रधानमन्त्री परामर्शमा व्यस्त

आफ्नोन्यूज, चैत १० गते आईतबार ( दिउँसो ३:०० बजे )

काठमाडौ । चैत २८ को संविधानसभा चुनाव सहजरुपमा गराउन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रमूख राजनीतिक दलका शीर्ष नेताहरुसँग परामर्श
थालेका छन् ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रमूख दलका शीर्ष नेताहरुसँग परामर्श अघि बढाएका छन् । चैत १० बिहान माओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई निवास बालुवाटारमा भेटेका प्रधानमन्त्रीले दिउँसो साढे दुई बजे एमाले महासचिव माधवकुमार नेपालसँग भेटदैछन् । बालुवाटार श्रोतले चैत ११ गते सत्तारुढ सात दलका शीर्ष नेताबीच छलफल हुने सम्भावना रहेको पनि जानकारी दिएको छ । चैत २८ को संविधानसभा चुनावलाई सहजरुपमा सम्पन्न गर्न राजनीतिक परामर्श सुरु गरिएको बालुवाटार श्रोतको भनाइ छ ।
माओवादी नेताहरुसँगको भेटमा प्रधानमन्त्रीले चुनावी वातावरण बनाउन सहयोग गर्न आग्रह गरेको श्रोतले बतायो । दलहरुलाई चुनावी अभियान लिएर गाउँ जान नरोक्न प्रधानमन्त्रीले माओवादी नेताहरुसँग आग्रह गरेको पनि श्रोतको भनाइ छ । उता, माओवादीले भने सरकार र माओवादीबीचको २३ बँदे सहमति कार्यन्वयन हुनुपर्ने, शहीद र बेपत्ता परिवारलाई राहत दिनुपर्ने तथा सहमति अनुसारका आयोगहरु तत्काल गठन हुनुपर्ने माग प्रधानमन्त्रीसँग राखिएको बताएको छ । माओवादी नेताहरुले यसबीचमा आफ्ना ७ कार्यकर्ताको हत्या भइसकेको तथा हत्याहरुलाई कारवाही गर्नुपर्ने माग प्रधानमन्त्रीसँग राखेको पनि श्रोतले बताएको छ ।

चुनावी सुरक्षामिलाउन गृहमन्त्रीको निर्देशन

आफ्नोन्यूज, चैत १० गते आईतबार ( दिउँसो ३:०० बजे )

काठमाडौ । गृहमन्त्री कृष्णप्रसाद सिटौलाले रक्तपात विहिन तरिकाले सम्पन्न हुनेगरी संविधान सभाको चुनावमा सुरक्षा मिलाउन प्रहरीलाई निर्देशन दिनुभएको छ । उहाँले अहिले प्रहरी प्रशासन सहित पुरै देश संविधान सभाको महान अभियानमा जुटिरहेकाले सबै ध्यान चुनावमा केन्द्रीत गर्नपनि निर्देशन दिनुभयो । प्रहरी निरिक्षको आधारभूत तालिमको दिक्षान्त समारोहलाई सम्वोधन गर्नुहुँदै गृहमन्त्री सिटौलाले यस्तो निर्देशन दिनुभएको हो ।
उहाँले जनतालाई मत केन्द्रमा पुगेर सुरक्षीत मतदानगर्ने गरी सुरक्षा मिलाउने कामका लाग्न पनि आग्रह गर्नु भयो ।
सुरक्षाको सबै जिम्मा शसस्त्र र जनपदप्रहरीलाई दिइएको जानकारी गराउनु हुँदै मन्त्री सिटौलाले अहिले भइरहेको हत्या हिंसाका घटनालाई कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिनुभयो ।
कार्यक्रममा जनपद प्रहरी महानिरिक्षक ओम विक्रम राणाले प्रहरीले चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गरेर नेपालमा नयाँ इतिहास रच्ने दावी गर्नु भयो । उहाँले प्रहरी प्रशासनको सबै ध्यान संविधान सभाको चुनावी सुरक्षा केन्द्रीत भएको पनि जानकारी दिनुभयो ।

सदभावना मुद्दाको सुनुवाइ आजदेखि

आफ्नोन्यूज, चैत १० गते आईतबार ( दिउँसो ३:०० बजे )

काठमाडौ । संविधान सभाको चुनावबाट बन्चीत गराएको भन्दै नेपाल सदभावना पार्टी आनन्दीदेवीले सर्वोच्चमा दायर गरेको मुद्दाको आजदेखि सुनुवाइ हुँदैछ ।
निर्वाचन आयोगले चुनावको आधिकारीता सद्भावना आनन्दीदेवीको गुप्ता समुहलाई आधिकारीकता दिएपछि सिंह समुहले सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।
न्यायाधीशद्वय राजेन्द्रप्रसाद कोइराला र बलराम केसीको संयुक्त इजलासले गएको बिहिबार आजका लागी पेशी तोकेको थियो ।
मुद्दामा सरकार, निर्वाचन आयोग र गुप्ता समुहलाई विपक्षी बनाइएको छ ।

Saturday, March 22, 2008

हिंसाप्रति अनमिनको चिन्ता

आफ्नोन्यूज, चैत ९ गते शनिबार ( बेलुकी १०:३० बजे )

काठमाडौ । नेपालस्थित संयुक्तराष्ट्रसंघीय मिसन (अनमिन)ले दलका कार्यकर्ताबीच भएको झडपप्रति चिन्ता व्यक्त गरेको छ । ९ चैतमा नेपालस्थित मानवअधिकार उच्च आयुक्तको कार्यालयसंग मिलेर तयार पारेको पछिल्लो हिंसा सम्बन्धि प्रतिवेदन सार्वजनिक गर्दै आचारसंहिता पालन गरी संविधानसभा निर्वाचनलाई सफल बनाउन सुझाव दिएको छ ।
अनमिनले चुनावका लागि उपयुक्त वातावरण बनिसकेपनि प्रमुख दलहरुबीचको झडपले समस्या खडा गरेको ठहर गरेको छ । उसले अन्य दलको चुनावी गतविधि बिथोल्ने, कुटपिटमा उत्रने काम तत्काल अन्त्य गर्न आग्रह गरेको छ । यस्तै अवस्था रहे चुनावमा झडप हुनसक्ने अनमिनको विश्लेषण छ ।
चुनावमा दलहरुले युवा संगठनलाई छुट्टाछुट्टै परिचालन गर्ने भनेपछि थप झडप हुने अनमिनको आशंका छ । उसले चुनावलाई स्वतन्त्र, निष्पक्ष र धाधलिरहित रुपमा सम्पन्न गर्न सबैलाई जिम्मेवार हुन सुझाव दिएको छ ।
माओवादी कार्यकर्ताले धादिङ, बैतडी, दार्चुला, रामेछापलगायतका स्थानमा अन्य दलका नेता कार्यकर्तामाथि आक्रमण गरेको अनमिनको प्रतिवेदनमा उल्लेख छ ।

फेरि माओवादी कार्यकर्ताको हत्या

आफ्नोन्यूज, चैत ९ गते शनिबार ( बेलुकी १०:३० बजे )

बुटवल । अज्ञात समूहले कपिलवस्तुमा माओवादी कार्यकर्ताको हत्या गरेका छन् । ९ चैतमा जिल्लाको हथिहवामा शिवपुजन कुर्मीमाथि गोली प्रहार भएपछि उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।
हत्याको जिम्मेवारी कसैले लिएको छैन । पछिल्ला समयमा चुनावविरुद्ध लक्षित हत्याका घटना बढिरहदा कपिलवस्तुमा माओवादी कार्यकर्ता मारिएका हुन् । विगतमा पनि हत्याकै विषयमा साम्प्रादायिक दंगा भड्किएको उक्त जिल्लामा भएको घटना हिंसा भड्काउने अभिप्रायले गरिएको अनुमान लगाउन सकिन्छ ।

कोइराला चुनावी प्रचारप्रसारमा नजाने

आफ्नोन्यूज, चैत ९ गते शनिबार ( बेलुकी ५:३० बजे )

काठमाडौ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला संविधानसभा निर्वाचनको प्रचारप्रसारमा सहभागी नहुने स्पष्ट भएको छ । ९ चैतमा रिपोटर्स नेपाल डट कमका लागि ऋषि धमलासंग बालुवाटारमा कुरा गर्दै पार्टीको चुनावी प्रचारप्रसारमा भन्दा यथास्थानबाट चुनाव सफल बनाउन सक्रिय हुने बताउनुभएको हो ।
'म चुनावको प्रचारप्रसारमा सहभागी हुन्न,' नेपाली कांग्रेसका सभापति समेत रहनुभएका कोइरालाले भन्नुभयो,'बरु चुनाव सफल बनाउन दिनरात सक्रिय हुनेछु ।' उहांले कुनै पनि शक्तिले चुनाव रोक्न नसक्ने स्पष्ट पार्दै चुनौतीको सामना गर्न आफू तयारी अवस्थामा रहिरहने बताउनुभयो ।
यसअघि कोइराला नेपाली कांग्रेसको चुनावी सभामा सहभागी हुने चर्चा थियो । कांग्रेसको समानुपातिक तर्फका उम्मेदवारसमेत रहनुभएका उहांले चुनावमा हारजीत भन्दा पनि लोकतन्त्रलाई बलियो बनाउने उद्येश्यका साथ लाग्न आग्रह गर्नुभयो ।

मन्त्री यादवले क्वार्टर छाडे

आफ्नोन्यूज, चैत ९ गते शनिबार ( बेलुकी ५:३० बजे )

काठमाडौ । वन तथा भू-संरक्षणमन्त्री मातृका यादवले मन्त्री क्वार्टर पुल्चोक छाडेका छन् । आफ्नो सुरक्षामा खटाइएका सुरक्षाकर्मी र कर्मचारीप्रति असन्तुष्टि जनाउदै ९ चैतमा उनले क्वार्टर छाडेका हुन् ।
मन्त्री क्वार्टर छाडी यादव डेरामा बस्न थालेका छन् । विवादमा आइरहने उनले यसअघि पुल्चोकस्थित क्वार्टरमा रहेको सुरक्षाकर्मी बस्ने क्वार्टरमा ताला लगाइदिएका थिए । जिल्ला जांदा आफूलाई सुरक्षा नदिएको भन्दै उनले खटाइएका सेनाप्रति असन्तुष्टि जनाएका हुन् ।

जनमोर्चाद्धारा श्रीमति अधिकारीको नाम सिफारिस

आफ्नोन्यूज, चैत ९ गते शनिबार ( दिउँसो २:३० बजे )

बाँके । राष्ट्रिय जनमोर्चाले बाँके क्षेत्र नम्बर २ को उम्मेद्वारमा कमलप्रसाद अधिकारीको श्रीमति सीतादेवी अधिकारीलाई पठाउने भएको छ ।
यसअघि कमलप्रसाद अधिकारीको हत्या भएपछि उहाँको ठाउँमा श्रीमति अधिकारीलाई पठाउन लागीएको हो । निर्वाचन आयोगले भोली सम्म फेरी उम्मेद्वारी दर्ता गराउन समय दिएको थियो ।
जिल्लाकमिटी बाँकेले अधिकारीको ठाउँमा श्रीमति अधिकारी सहित रामफरेन यादव र किरण शाहीको नाम सिफारिस गरेको थियो ।
आज बिहान बुटवलमा बसेको जनमोर्चाको वैठकले भने अधिकारी श्रीमति सीताको नाम सिफारिस गन निर्णर्य गरेको छ ।
अध्यक्ष चित्रबहादुर के.सि.ले आजै त्यो नामलाई निर्वाचन आयोग बाँकेमा पठाउने जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको ध्यान खानेपानीमा

आफ्नोन्यूज, चैत ९ गते शनिबार ( दिउँसो २:३० बजे )

काठमाडौ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो ध्यान खानेपानी समस्यामा पनि खचिएको बताउनु भएको छ ।
उहाँले सरकारले खानेपानी र सरसफाइलाई उच्च प्राथमिकता दिने बताउनुभयो । सरसफाई महत्वपूर्ण विषय भएकोले यसका लागि विशेष कार्यक्रम ल्याउन आफूले पहल गर्ने प्रतिबद्धता पनि प्रधानमन्त्रीले व्यक्त गर्नुभयो । विश्व खानेपानी दिवसका अवसरमा आज बिहान ज्ञापनपत्र बुझाउन पुगेका विभिन्न सङघसंस्थाका प्रतिनिधिहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रदूषण नियन्त्रणका लागि विशेष कार्यक्रम नल्याइएका कारण बागमतीको अवस्था बिग्रिएको प्रधानमन्त्री कोइरालाले बताउनुभयो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, शहरी खानेपानी र सरसफाइ गैरसरकारी संस्था मञ्च, युनिसेफ, वाटर एडलगायतका दर्जनभन्द बढी सङ्घसंस्थाहरुले आज बिहान प्रधानमन्त्री कोइरालालाई ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्रमा गरीबी निवारण र सरसफाइका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने माग गरिएको छ ।

Friday, March 21, 2008

दक्षिण कोरियामा नेपाल सप्ताह

आफ्नोन्यूज, चैत ८ गते शुक्रबार

काठमाडौ । दक्षिण कोरियाको वुसानस्थित इन्जे विश्वविद्यालय तथा नेपाली राजदूतावासको संयुक्त पहलमा उक्त विश्वविद्यालय परिसरमा यही चैत २१ देखि २९ गतेसम्म नेपाल सप्ताहको आयोजना गरिने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपाल हस्तकला सङ्घ, नेपाल कार्पेट उत्पादक सङ्घ, लुम्बिनी विकास कोष, नेपाल जनजाति सङ्ग्राहलयआदि संस्थाहरुबाट समेत पुर्वदर्शनीको निम्ति सहयोग प्राप्त भएको बताइएको छ । कार्यक्रममा कोरियास्थित नेपाल कोरिया साँस्कृतिक मञ्चले साँस्कृतिक कार्यक्रमका साथै नेपाली खानासमेतको पुर्वदर्शनी गरिने कार्यक्रम तय भएको छ । यस प्रकारको प्रवदनात्मक कार्यक्रम अर्को महिना अर्को ठूलो साँस्कृतिक सहर ख्वाङ्गजुमा गरिने र क्रमिक रुपमा अन्य ठूला सहर तथा प्रादेशिक केन्द्रहरुमा समेत गर्ने कार्यक्रम रहेको सिउलस्थित नेपाली राजदूतावासले जनाएको छ ।

एक दुइ दिनमै सात दलको बैठक बस्ने

आफ्नोन्यूज, चैत ८ गते शुक्रबार

काठमाडौ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सात दलको बैठक चाँडै राख्न एमाले महासचिव माधव कुमार नेपालाई आग्रह गर्नुभएको छ । शुक्रबार प्रधानमन्त्री कोइरालाले एमाले महासचिव माधवकुमार नेपालसंग टेलिफोन सम्पर्क गरी यस्तो आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्रीले मलाई सात दलको बैठक राख्न आग्रह गर्नुभएको छ, एक दुइ दिनमा नै बैठक बस्छ,महासचिव नेपालले भन्नुभयो-सात दलिय एकता मजबुत पार्न र शिर्ष नेताहरुकोबीच चुनावी तालमेलका बारेमा छलफल गर्नपनि बैठक बस्न लागेको हो । उहाँले निर्वाचनको माहौल बन्दै गएको अवसथामा माओवादी भातृ संगठन वाइसियलले गरेको ज्यादती, समग्र शान्ति सुरक्षाको अवस्था, चुनावको अन्यौलता लगायतका विषयमा शिर्ष बैठकमा कुराकानी हुने जानकारी दिनुभयो ।
नेपालले माओवादी गतिविधिप्रति प्रधानमन्त्री गम्भिर हुनुभएको पनि बताउनुभयो । उहा"ले सात दलिय संयन्त्रको बैठकपनि तत्काल बस्ने जानकारी दिनुभयो ।