आफ्नोन्यूज, चैत १६ गते शनिबार
भीमफेदी । कुलेखानी जलविद्युत दोस्रो आयोजना मकवानपुरले जिल्लाको भैंसेस्थित विद्युत गृहको जेनेन्टर र्टवाइनको मर्मतसम्भार गरी हिजोदेखि विद्युतको परीक्षण उत्पादन सुरु गरेको छ ।उक्त विद्युत गृहको जेनेन्टर र्टवाइन नं.२ को मर्मतसम्भार गर्दा जम्मा १६ मेगावाट विद्युत उत्पादन पुनः सुरु भएको छ । यसैबीच सो र्टवाइन जेनेन्टर आकस्मिकरूपमा ब्रिग्रेर पुस महिनादेखि विद्युत उत्पादन बन्द गर्नुपरेको सो आयोजनाले जनाएको छ । यसैगरी करिब चार हप्ताअघि सो दोस्रो जलविद्युत गृहमा र्टवाइन जेनेन्टर नं.१ को मर्मतसम्भार गरी १६ मेगावाट विद्युत उत्पादन गरी केन्द्रीय प्रसारणमा जोडिएको थियो ।कुलेखानी जलविद्युत आयोजना दोस्रोबाट उत्पादित कुल ३२ मेगावाट विद्युत आजै साँझदेखि केन्द्रीय प्रशारण लाइन जोडी विद्युत आपूर्ति गरिने योजना रहेको मकवानपुरका प्राविधिक इन्जिनियर रमेशकुमार तिवारीले बताउनुभयो । मकवानपुर जिल्लास्थित कुलेखानी जलविद्युत प्रथम आयोजना धोरसिङबाट ६० मेगावाट तथा दोस्रो आयोजना भैंसेबाट ३२ मेगावाट गरी कुल ९२ मेगावाट विद्युत उत्पादन हुने गरेको कुलेखानी जलविद्युत आयोजना मकवानपुरले जनाएको छ ।
No comments:
Post a Comment