Google
Free Image Hosting

Saturday, March 22, 2008

मन्त्री यादवले क्वार्टर छाडे

आफ्नोन्यूज, चैत ९ गते शनिबार ( बेलुकी ५:३० बजे )

काठमाडौ । वन तथा भू-संरक्षणमन्त्री मातृका यादवले मन्त्री क्वार्टर पुल्चोक छाडेका छन् । आफ्नो सुरक्षामा खटाइएका सुरक्षाकर्मी र कर्मचारीप्रति असन्तुष्टि जनाउदै ९ चैतमा उनले क्वार्टर छाडेका हुन् ।
मन्त्री क्वार्टर छाडी यादव डेरामा बस्न थालेका छन् । विवादमा आइरहने उनले यसअघि पुल्चोकस्थित क्वार्टरमा रहेको सुरक्षाकर्मी बस्ने क्वार्टरमा ताला लगाइदिएका थिए । जिल्ला जांदा आफूलाई सुरक्षा नदिएको भन्दै उनले खटाइएका सेनाप्रति असन्तुष्टि जनाएका हुन् ।

No comments: