आफ्नोन्यूज, चैत ११ गते सोमबार ( साँझ ५:३० बजे )
काठमाडौ । नेपालमा मुटुरोगसम्बन्धमा भएका प्रगति, त्यसका विविध पक्ष तथा चुनौतीबारे विस्तृत छलफल गर्न आयोजित 'नेपालमा कोरोनरी इन्टरभेन्सन कार्डियोलोजी' विषयक चिकित्सकीय गोष्ठी हिजो यहाँ सम्पन्नभयो ।नर्भिक इन्टरनेसनल हस्पिटल तथा सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको संयुक्त आयोजनामा सम्पन्न सो गोष्ठीमा सयभन्दा बढी हृदयरोग विशेषज्ञ र इन्टरभेन्सनल कार्डियोलोजिस्टको सहभागिता थियो ।गोष्ठीमा अतिथिवक्ता सरोका युनिभर्सिटी मेडिकल सेन्टर, इजरायलका वरिष्ठ इन्टरभेन्सनल कार्डियोलोजिस्ट एवम् कार्डियोलोजी विभागका निर्देशक प्रा.डा.रुवेन इलियाले इजरायलमा विगतमा सफलतापूवक सम्पन्न गरिएका अत्यन्त जटिल हृदयाघातको उपचारसम्बन्धमा प्रकाश पार्नुभयो ।नर्भिक हस्पिटलका निर्देशक डा.महावीरकृष्ण मल्लले इजरायलजस्तो प्रविधिसम्पन्न र विकसित देश तथा नेपालजस्तो विकासोन्मुख देशबीच चिकित्सकीय प्रविधि र विज्ञानका क्षेत्रमा सहयोगको आदान-प्रदान जरुरी भएको बताउनुभयो ।
सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक डा.भगवान कोइरालाले केन्द्रले मुटुरोगसम्बन्धमा हासिल गरेका सफलताबारे उल्लेख गर्नुभयो ।नेपालका लागि इजरायलका राजदूत डान स्टाभले नेपाल र इजरायलबीच भविष्यमा चिकित्सकीय सहयोग आदान-प्रदानका लागि प्रयास गरिने बताउनुभयो ।सो अवसरमा दुबै अस्पतालका हृदयरोग चिकित्सकहरू डा.शेखर राजभण्डारी, डा.जेपी जैसवाल, डा.हिमांशु नेपाल, डा.अरुण मास्के र डा.भरत रावतले हृदयाघातको उपचारमा एन्जियोप्लास्टी तथा स्ट्रन्ट प्रत्यारोपणसम्बन्धी विविध एवम् तथ्यपरक अध्ययन प्रस्तुत गर्नुभएको थियो ।
No comments:
Post a Comment